काठमाडौं -इन्डोनेसियामा विद्यार्थीहरुलाई करणी गरेको आरोपमा एक जना शिक्षकलाई मृत्युद’ण्डको सजाय दिइएको छ ।उनि माथि १३ बालिकालाई करणी गरेको आरोप लागेको छ। इन्डोनेसियाको एक अदालतले इस्लामिक विद्यालयका १३ बालिकालाई कर’णी ग’रेको आरोपमा ती शिक्षकलाई सोमबार मृत्युद’ण्डको सजाय सुनाएको हो।बाडुङ्गमास्थित अदालतले गत फेब्रुअरीमा हेरी विरावन नाम भएका ती शिक्षकलाई आजीवन कैदको सजाय सुनाएको थियो। तर पीडित पक्षले अदालतको कदमको विरोध गर्दै मृत्युदण्डको माग गर्दै अपिल गरेको थियो।
ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना छात्राहरुलाई कर’णी ग रेको र आठ जना गर्भवती भएको ठहर अदालतले गरेको छ ।त्यसपछि सोमबार अदालतले उनलाई मृ’त्युद’ण्डको सजाय सुनाएको बताईएको छ । इन्डोनेसियाको बाल संरक्षण मन्त्रीसहित केही अधिकारीहरुले यस्तो सजायको मागको समर्थन गरेका थिए । तर मानवअधिकार आयोगले भने मृत्युदण्डको सजाय उचित नहुने बताएको थियो ।