चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत नीला राई मृत फेला परेकी छिन् । भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया राई बिहिबार गोकर्णेश्वर नगरपालिका–३ जगडोल बन कार्यालय नजिक जंगलमा मृत भेटिएकी हुन् ।चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत नीला राई मृत फेला परेकी छिन् । भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया राई बिहिबार गोकर्णेश्वर नगरपालिका–३ जगडोल बन कार्यालय नजिक जंगलमा मृत भेटिएकी हुन् ।घटनास्थलमा ब्लेड र विषको बट्टा भेटिएको छ । रुखहरूमा पनि रगत लतपतिएको छ । घटनाबारे महानगरीय प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको एसपी मैनालीले बताए ।
यो पनि पढ्नुहोस-काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा बेवारिसे अवस्थामा फेला परेका ७ थान बुलेट मोटरसाइकल प्रहरीले बरामद गरेको छ।उपत्यकाका विभिन्न स्थानहरुमा भारतीय नाकाबाट मोटरसाइकलहरु भन्सार छली चोरीपैठारी गरी नेपालमा भित्र्याई नक्कली नम्बर प्लेट राखी कारोबार गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकल बरामद गरेको हो ।महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानहरुबाट अन्दाजी मुल्य एक्काईस लाख बराबरको रोयल ईन्फिल्ड कम्पनीका बुलेट मोटरसाईकलहरु बरामद गरेको हो।बरामद गरीएका मोटरसाइकललाई आवश्यक कारबाहिको लागी त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरण पठाईएको महाशाखाले जनाएको छ । थप अनुसन्धान कार्य जारी रहेको समेत प्रहरीले जनाएको छ।