काठमाडौं :भारतको उत्तर प्रदेश (यूपी) मा फेरि एक पटक दर्दनाक घटनामा कुकुरको संलग्नता पाइएको छ । त्यहाँ कुकुरले पाँच वर्षकी एक बालिकालाई सि’का’र बनाएको छ । यस घटनापछि स्थानीय स्तरमा आ’तंक फैलिएको छ ।यसैगरी हापुुडको जनपद निवासी एक व्यक्ति जेपीनगरस्थित ससुराल गएका थिए, जहाँ भुस्याहा कुकुरको आ’क्र’म’णमा उनका ९ वर्षीय छोराको ज्या’न गएको थियो ।चिलकाना क्षेत्रमा पर्ने बुड्ढाखेडा गाउँमा जावेद नाम गरेका व्यक्ति आइतबार साँझ घरबाट पसलतर्फ गएका थिए । घर पसलबीच खाली खेत छ । पाँच वर्षकी छोरी शिफा उनको पछिपछि आएकी थिइन् । छोरी पछिपछि आइरहेको उनलाई थाहा थिएन । यसैबीच जब छोरी खेतमा पुगिन्, भुस्याहा कुकुरको स’मूहले ती बालिकामाथि आ’क्र’म’ण गरेको थियो ।
कुकुरले उनलाई घि’सा’रे’र अर्को खेतमा लगेको थियो । यो घटनामा उनको तत्कालै मृत्यु भएको थियो । राति जब जाबेद पसलबाट फर्केर आए, छोरीलाई घरमा भेटेनन् । परिवारले छोरी उनको पछिपछि नै गएको बताए । त्यसपछि परिवार र गाउँका मानिसले बालिकाकोे खोजी गरे । धेरै समयको खोजीपछि बालिकाको शव खेतमा क्ष’त वि’क्ष’त अवस्थामा प्राप्त भएको थियो ।बालिकाको शव फेला परेपछि परिवारमा आ’तं’क म’च्चि’एको थियो । परिवारले प्रहरीलाई यस घटनाको बारेमा सूचित गरेपछि राति अबेर बालिकाको अन्त्येष्टि गरिएको छ । एजेन्सी