२ बैशाख,बाँके -बाँकेको टिकुलीपुरमा भीषण आगलागी हुँदा १२ घर जलेका छन् । राप्तीसोनारी गाउँपालिका–२, टीकुलीपुरमा एक घरबाट शुरू भएको आगो वस्तीभर फैलिएको थियो । दिउँसो साढे २ बजेबाट शुरू भएको आगलागी अहिले लगभग नियन्त्रणमा आइसकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले बताए । क्षतिको विवरण संकलन थालिएको डीएसपी मल्लले बताए ।
यो पनि पढ्नुहोस -२ दर्शकमाझ बहुप्रतीक्षित फिल्म ‘केजीएफ च्याप्टर २’ बिहीबार प्रदर्शनमा आउनुअगावै लगभग सबै हलका सबै शो हाउसफुल थिए । गत शुक्रबार नै उक्त फिल्मका मनग्गे शो निकालिएका थिए । राजधानीको मुख्य मल्टिप्लेक्स च्यानल क्यूएफएक्सले अनलाइन शो निकालेको दुई घण्टा बित्न नपाउँदै हल भरिने गतिमा टिकट बिक्री भइसकेको थियो । देशभर क्यूएफएक्सका ११ मल्टिप्लेक्सले दक्षिण भारतीय फिल्मलाई ८७ शो दिएका थिए । तर दर्शकको ओइरो यति देखियो, राजधानीका केही मल्टिप्लेक्सले त बुधबार रातभर अतिरिक्त शो नै चलाए ।
बिहीबार पहिलो दिनका लागि १५ शो दिएको चाबहिल, चुच्चेपाटीस्थित एफक्यूब सिनेमाजले बुधबार राति १ बजेका लागि पहिलो शो निकालेको थियो । मध्यरातको शोका लागि एकाध घण्टामै टिकट बिक्री भइसकेपछि बिहान ४ बजेसम्म अरू तीन शो थपिए । कमलपोखरीको सिटी सेन्टरस्थित बिग सिनेमाले पनि बिहीबार बिहानै ३, ४ र ५ बजेका थप शो चलायो भने गोंगबुस्थित बिजी मलमा रहेको बीएसआर मुभिजले पनि राति साढे ३ बजेको शो थप्यो । फिल्म निर्माता रोहित अधिकारीले टिकट नपाएर रन्थनिइरहेका बेला मध्यरातमा अचानक निकालिएका शोपछि हान्निएर हल पुगेको सुनाए । ‘फिल्म हेर्नु ठूलो कुरा हैन, तर राति १ बजे पहिलो शो हेर्नु ऐतिहासिक नै हो । यस्तो मौका सधैं पाइँदैन भनेर पनि गएँ,’ उनले भने । २०७६ सालमा सर्वाधिक कमाइ गरेको फिल्म ‘छ माया छपक्कै’ का निर्माता उनी मध्यरातमा हल प्रांगणको रौनकता देखेर छक्कै परेको बताउँछन् ।
विदेशी फिल्मले स्वदेशी हलमा ल्याएको ‘ह्वीम’ ले कतिपय नेपाली फिल्मकर्मी भने राष्ट्रियता संकटमा पर्न थालेको वा सांस्कृतिक अतिक्रमण बढेको भन्दै नियमनको प्रस्ताव लिएर चलचित्र विकास बोर्ड पुगेका छन् ।निर्देशक मनोज पण्डित भने दर्शकको नाडी छामेर निर्माण गरिएका यस्ता फिल्म अरुका लागि सिकाइ पुस्तिका हुन सक्ने जिकिर गर्छन् । उनी भन्छन्, ‘दक्षिण भारतीय फिल्मले कथामा रोमाञ्चकतालाई प्राथमिकता दिनुका साथै साहित्यिक कथ्य र सिनेमाटिक शिल्पको प्रचूर प्रयोग गरेका छन् भने व्याकरणमा इमानदार छन् । त्यसैले पछिल्लो समय तिनीहरूको ठूलो असर र प्रभाव देखिएको छ ।’
उनी कल्पनाशीलतालाई पनि विश्वसनीय बनाई दर्शकमा अपनत्व पैदा गराउन सक्नु यस्ता फिल्मको सफलता रहेको टिप्पणी गर्छन् । ‘मान्छेले आफूमा होस् वा पात्रको जीवनीमा विकास हेर्न चाहन्छ । एउटा भुइँमान्छेले छलाङ मारर उच्चतम स्थान हासिल गर्दा वा विजयी हुँदा दर्शकले त्यसलाई आत्मसात् गर्छ, अपनत्व महसुस गर्छ,’ उनले भने, ‘पछिल्ला दक्षिण भारतीय फिल्मका मुख्य चरित्रको निर्माणले काल्पनीकतासँगै उत्प्रेरणाको उडान पनि दिएको छ ।’