पोखरामा कुकुर मारेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका-१९ बस्ने २३ वर्षीय सुदीप परियारलाई पक्राउ गरेको छ। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।चैत १८ गते पोखरा-१६ जोगिमणि मार्गस्थित सार्वजनिक स्थानमा परियारले कुकुरको घाँटीमा प्लास्टिकको डोरी पासो बाँधेर रूखमा झुण्ड्याएर मारेको आरोप छ।झुण्ड्याएर मारेपछि सेती नदीको खोंचमा फालेको र त्यसको भिडिओ समेत बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको कार्यालयले जनाएको छ।
अनुसन्धान गर्दा उनको मोबाइल तथा उनको फेसबुकमा समेत उक्त भिडिओ पाएको प्रहरीले जनाएको छ।‘अहिले किन मारेको हो भन्ने खुलेको छैन। हामीले बयान लिन पाएका छैनौं,’ कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले भने, ‘सामाजिक सञ्जालमा उनले आफैंले भिडिओ हालेका थिए। हामीले देखेपछि अनुसन्धान गरेर पक्राउ गरेका हौं।’उनीमाथि पशुपंक्षीसम्बन्धी कसूरमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। जिल्ला अदालत कास्कीबाट नौ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।
यो पनि पढ्नुहोस -जिल्लामा मृ`त्यु भएका दुई हजार सात सय ३६ जनाको नाम अझै मतदाता सूचीमा रहेको छ ।स्थानीय तहले पठाएको सूचीको आधारमा सात सय १२ जनाको नाम मात्र सूचीबाट हटाएको जिल्ला निर्वाचन कार्यालय सिराहाका प्रमुख इन्दिरा यादवले जानकारी दिनुभयो ।नीय तहले पठाएको विवरणलाई आधार मानि नाम हटाएको तर पनि जनशक्ति र समय अभावले सबै नाम हटाउन नसकिएको प्रमुख यादवले बताउनुभयो ।
निर्वाचन कार्यालयको अद्यावधिक मतदाता सूचीलाई आधार मान्दा लहान नगरपालिकामा आठ सय १९, सिराहा नगरपालिकाका सात सय ९० र धनगढीमाईका दुई सय ८३ जनाको नाम सूचीमा छ ।निर्वाचन आयोग र स्थानीय तहहरूको लापरबाहीले मृ`त्यु दर्ता भइसकेका व्यक्तिको नाम पनि अझै मतदाता सूचीमा छ ।