बुटवल । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै छ । चुनावको रौनकले अहिले गाउँ तथा शहरको माहोल खुबै तातेको छ । संघिय सरकार आएपश्चात दोस्रो पटक पाँच वर्षका लागि जनप्रतिनिधी चुनिदै छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले बुटवल उपमहानगरपालिकाको मेयरमा मृगेन्द्र शेरचनलाई उम्मेदवार बनाउने भएको छ ।
बिहीबार बुटवलमा आयोजित आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनलाई उपमहानगरपालिकाको मेयरको उम्मेदवार घोषणा गरेको हो।