गुल्मी, ११ बैशाख । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै छ । चुनावको रौनकले अहिले गाउँ तथा शहरको माहोल खुबै तातेको छ । संघिय सरकार आएपश्चात दोस्रो पटक पाँच वर्षका लागि जनप्रतिनिधी चुनिदै छन् । स्थानिय तहको निर्वाचन रौनक गुल्मीको मदाने गाउँपालिकामा पनि देखिएको छ ।
नेकपा एमाले गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष देखि सबै वडाको वडा अध्यक्ष टुङ्गो लगाएर उम्मेदवार बनेका छन भने मनोनयन दर्ताको दिनसम्म पनि नेपाली काङ्ग्रेस सहितको सत्तारुढ गठबन्धनले उम्मेदवारीको टुङ्गो लगाउन सकेका छैन । गाउँपालिकाको अध्यक्ष नेकपा माओवादी केन्द्रको भागमा परेको छ । जसको उम्मेदवार नेकपा माओवादी केन्द्र मदाने गाउँपालिका अध्यक्ष बेगम चन्द उम्मेदवारी बनेका छन । गाउँपालिका उपाध्यक्षको भागमा नेपाली काङ्ग्रेस परेको छ । यसको उम्मेदवार मिल्न नसक्दा पाँच जना प्रत्याशीको नाम जिल्लामा पुगेको छ ।
सत्तारुढ गठबन्धनमध्ये नेपाली काङ्ग्रेसबाट पालिकाका केही वडामा वडा अध्यक्षका लागि उम्मेदवार टुङ्गो लगाइसकेको छ । जसमा वडा नम्बर १ बाट सुशील चन्द, वडा नम्बर ४ म्यालपोखरीबाट प्रेम सेनको नाम सिफारिस गरिएको छ । वडा नम्बर ५ मलागिरीबाट हरी सेन, वडा नम्बर ६ पुर्कोटदहबाट मनिराम थापा र वडा नम्बर ७ भनभनेबाट सन्तोष केसीको नाम सिफारिस भएका छन । बाकि वडा नम्बर २ बाझकटेरी र वडा नम्बर ३ सिर्सेनीबाट गठबन्धनबाट टुङ्गो नलागेको नेपाली काङ्ग्रेस मदाने गाउँपालिकाका सभापति महेन्द्र कुँवरले जानकारी दिए । जिल्ला बाट आउने आधिकारिक जानकारी र गठबन्धनको निर्णयअनुसार भोलि मनोनयन दर्ता गरिने बताइएको छ ।