अर्घाखाँची ,११ बैसाख । अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षसमेत रहेका बालकृष्ण आचार्यले स्वतन्त्र बाट गाउँपालिमा अध्यक्षमा उम्मेदवारी दिएका छन । उनले गाउँपालिकाको अध्यक्ष पदबाट आजै राजीनामा दिएर पुन: दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
पार्टीमा सरसल्लाह नगरी नेकपा एमाले मालारानी गाउँपालिकाले दलबहादुर भट्टराईलाई गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी बनाउने सहमति भएपछि आफूले बाध्य भएर अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुपरेको आचार्यले बताए ।
पार्टीबाट जस्तो सुकै दबाब आएपनि आफ्नो उम्मेदवारी फिर्ता नहुने भन्दै उनले भने, ‘तीन दिन अघिसम्म उम्मेदवार बन्दैन भनेर सुतेको मानिसलाई पार्टीले जबर्जस्ती पालीकाको अध्यक्षमा सिफारिस गरेपछि आफूले बाध्य भएर पुन: उम्मेदवारी दिनु हो ।’