ताप्लेजुङ — जिल्ला मालपोत कार्यालय ताप्लेजुङका अधिकृत लेखा पनेरु घूस रकमसहित पक्राउ परेकी छन् । काठमाण्डौंबाट आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।भण्डारीका अनुसार उनलाई सेवाग्राहीबाट लिएको १ लाख ५० हजार रकमसहित पक्राउ गरेको हो । बाबुको नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिए बापत रकम लेनदेन गरेको आरोप पनेरुमाथि छ ।सदरमुकाम फुङलिङको कोप्चे लाइनको एक घरबाट उनलाई अख्तियारले पक्राउ गरेको हो । उनी यसै वर्ष प्रवल जनसेवा श्री चतुर्थबाट पुरस्कृत भएकी थिइन् ।
यो पनि पढ्नुहोस -नेकपा एमाले परित्याग गरेर राप्रपा प्रवेश गरेका श्यामसुन्दर ओलीलाई राप्रपालले कन्काइ नगरपालिकाको मेयर बनाउने निर्णय गरेको छ । ओली आइतबार मात्रै एमाले परित्याग गरेर राप्रपा प्रवेश गरेको घोषणा गरेका थिए ।राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आइतबार नै ओलीलाई पार्टी प्रवेश गराएका हुन् । ओली यसअघि एमालेबाट कन्काइ नगरपालिकामा मेयरका आकांक्षी रहेका थिए । तर एमालेबाट टिकट नपाउने भएपछि राप्रपामा प्रवेश गरेको उनका निकटस्थहरू बताउँछन् ।
श्यामसुन्दर ओलीलाई मेयरको उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । यस्तै राप्रपाले झापाको कचनकवलको प्रमुखमा अञ्जार आलम र उपप्रमुखमा निमसरी राजवंशी, मेचीनगरको मेयरमा रमेश दाहाल, उपमेयरमा सविना बजगाईँ, झापाकै बाह्रदशीमा रामकुमार सिंह राजवंशी र उपप्रमुखमा कमला कार्की, हल्दिबारीको प्रमुखमा रवीन्द्र लिङ्देन, उपप्रमुखमा लक्ष्मी मैनालीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।