पाँचथर — पाँचथरको कुम्मायक गाउँपालिकामा प्रहरीको बर्दी लगाएको बेवारिसे शव भेटिएको छ । कुम्मायक १ ओर्दिन भन्ने स्थानमा भेटिएको शव जिल्ला प्रहरी कार्यलय पाँचथरमा कार्यरत प्रहरी सहायक हवल्दार खगेन्द्र श्रेष्ठको हुनसक्ने स्थानीयले अनुमान लगाएका छन् ।यासोक बजारमा लाग्ने त्रिसाली मेलामा सुरक्षार्थ खटिएका श्रेष्ठ वैशाख ३ गतेदेखि हराइरहेका थिए । डियुटी समयमै यासोक बजारबाट हराएका उनको खोजी भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।
आइतबार दिँउसो बाटो नजिकै मोबाइल सेट फेला पारेपछि स्थानीयले आसपासमा हेर्दा प्रहरीको बर्दी लगाएका व्यक्तिको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) राकेश थापाले प्रहरी हवल्दार हराइरहेको भए पनि शव सड्ने अवस्थामा पुगेकाले परिवारका सदस्यको उपस्थितिबिना पहिचान गर्न कठिनाइ भइरहेको बताए । उनका अनुसार श्रेष्ठको परिवारका सदस्यलाई झापाबाट बोलाइएको छ ।
यो पनि पढ्नुहोस -माध्यमिक शिक्षा परीक्षा (एसईई) को आइतबार दोस्रो दिन अनिवार्य गणित विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै ८० जना परीक्षार्थीलाई निष्कासन गरिएको छ ।सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीको नेतृत्वमा गएको अनुगमन टोलीले परीक्षामा चिट, फ्ल्याप र मोबाइल प्रयोग गरी परीक्षाको मर्यादा विपरीत कार्य गरेकोग भन्दै सिरहाको विभिन्न परीक्षा केन्द्रबाट ८० जना विद्यार्थीलाई निष्कासन गरेको हो ।
सिरहाको लहान नगरपालिका–१३ स्थित बस्तीपुर माविबाट ३५, लहान नगरपालिका २० स्थित माध्यमिक विद्यालय हनुमाननगर ब्रम्हानगोर्छारी परीक्षा केन्द्रबाट १९ र पडरिया थारुटोल मावि परीक्षा केन्द्रबाट २६ विद्यार्थीलाई निष्कासन गरेको प्रजिअ कवाडीले जानकारी दिए ।यस वर्षको एसईई परीक्षामा सिरहा जिल्लाबाट १६२ विद्यालयका १० हजार ६४० जना परीक्षार्थी सहभागी रहेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ सिरहाले जनाएको छ ।