तनहुँ -तनहुँको शुक्लगण्डकी नगरपालिका–५ गल्छिनाका २९ वर्षीय विशाल ढुङगानाको हत्याको अरोपमा तीन जना व्यक्तिलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।कर्तव्य ज्यान गरी हत्या गरेको आरोपमा शुक्लागण्डकी–१० का ३८ वर्षीय बिमल सुनार, शुक्लगण्डकी–८ का २५ वर्षीय सुशिल बिक, शुक्लगण्डकी–३ का ४७ वर्षीय होमबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो ।गत शुक्रबारदेखि सम्पर्कबिहीन भएका विशालको खोजतलास गर्दा शनिबार राति शुक्लागण्डकी वडा नम्बर ४ र ५ को सिमाना कबरस्थानस्थित पानी जमेको खोल्सामा उनी मृत अवस्थामा भेटिएका थिए ।
उक्त घटनामा अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।उनीहरुलाई शुक्लागण्डकी–१० ढोरफिर्दीबाट नियन्त्रणमा लिइएको खड्काले बताए । उनीहरूमाथि जिल्ला अदालतबाट १२ दिनको म्याद थप भई आवश्यक अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो पनि पढ्नुहोस -लमजुङ, अदालतले बैंकिङ कसुर मुद्दामा ४४ लाख ९१ हजार ९ सय रुपैयाँ जरिवाना सुनाएकी एक महिलालाई लमजुङ प्रहरीले पक्राउ गरेको छ ।दालतले ७ दिनको कैद भुक्तानसमेत फैसला गरेको लमजुङ मर्स्याङ्दी गाउँपालिका ९ सिम्पानी घर भएकी ४१ वर्षीया विमला बर्दिया (नागरिकताअनुसार) लाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार काठमाडौंबाट स्थानीय प्रहरीको समन्वयमा शनिबार पक्राउ गरी बर्दियालाई ल्याइएको हो ।
ललितपुरमा लुकिछिपी बसेको सूचनाको आधारमा उनलाई पक्राउ गर्न लमजुङ प्रहरी खटिएको थियो । पक्राउ गरी ल्याएका उनलाई जिल्ला कारागार लमजुङमा कैद भुक्तानको लागि पठाएको छ ।जरिवाना रकम तिर्न नसक्दा उनलाई अदालतले १० वर्षको कैद भुक्तानका लागि कारागार पठाएको प्रहरीले जनाएको छ । जरिवाना रकम तिरेमा ७ दिनमात्रै कैद भुक्तान गरेर उनी जुनसुकै बेला छुट्ने छिन् ।
प्रहरी निरीक्षक रेग्मीका अनुसार बर्दियाविरुद्ध ४ वटा बैंकिङ कसुरको मुद्दा चलेको थियो । उच्च अदालत पाटनले २०७८ पुस २६ गते र त्यसअघि २०७७ फागुन १७ गतेको फैसला अनुसार उनलाई पक्राउ गरी आइतबार लमजुङ जिल्ला अदालतमा पेस गरेको थियो । जरिवाना रकम तिर्न नसक्दा उनी थप १० वर्ष कैद भुक्तानका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ । प्रहरीले यति ठूलो रकम जरिवाना तोकेको अपराधी जिल्लामै सम्भवतः पहिलो रहेको दाबी गरेको छ ।