रौतहटस्थित एकजना चर्चित रिक्सा चालक केदारप्रसाद तिमल्सिनाले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।विभिन्न सामाजिक कामबाट चर्चा बटुलेका उनले चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्ष पदका लागि आइतवार मनोनयन दर्ता गराएका हुन्।चन्द्रपुरको सडक, ढल र विकासका पूर्वाधारसहितमा विगत ५ वर्षमा कुनै परिवर्तन हुन नसकेको बताउँदै आएका उनी आफैं चुनावी मैदानमा उत्रिएका हुन्।तिमल्सिनाले नगरमा हुने बेथिति र भ्रष्टाचारविरुद्ध पनि आवाज उठाउँदै आएका छन्।
तिमल्सिनाले हिउँदको समयमा जाडोबाट जोगाउन मकवानपुरका चेपाङदेखि तराई-मधेसका पछाडि परेका मानिसहरुलाई न्यानो कपडा पनि बाँड्ने गरेका छन्।असोज २३ सरकार गठनको झन्डै ३ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्रीमण्डल पुरा गरेका छन्।काँग्रेसका दुई र नेकपा माओबादी केन्द्रका २ मन्त्रीको साथमा लामो समय देशको बागडोर सम्हालेका प्रधामन्त्री शेरबहादुर देउवाले आफ्नो टिममा केहि आशा लाग्दा र चर्चित अनुहारलाई समेटेर मन्त्रीमण्डल पुरा गरेका छन्।प्रधानमन्त्री देउवाले नवगठित एकीकृत समाजवादी पार्टी सचिब रामकुमारी झाँक्रीलाई शहरी बिकाश मन्त्रालयको जिम्मेबारी दिएका छन्।
२०३४ सालमा गुल्मी जिल्लामा जन्मिएकी झाँक्री नेपालको समकालीन महिला नेत्रीहरु मध्य निडर, हकी आँटिलो स्वाभाव भएकी नेता हुन। २०६५ सालमा नेकपा एमालेको बिद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष सम्हाल्दै गर्दा अखिलको ईतिहाँसमा पहिलो महिला अध्यक्षको रेकर्ड समेत राखेकी छिन्।२०६१ सालमा राजाले सैनिक कुमार्फत सत्ता हातमा लिँदा उनी सडकमा निस्किइन् । त्यो समय राजतन्त्रको विरुद्धमा बोल्न मुस्किल थियो र चूनौतीपूर्ण । राजतन्त्र विरोधी मोर्चा सुरुमा युवा र विद्यार्थीले नै सम्हाले।
त्यो मोर्चाको अग्रस्थानमा थिइन् झाक्री। पुलीसको निर्मम लठ्ठी झाक्रीको टाउकोमा बज्रियो । टाउको फुट्यो। रगतको धारो बगाइन्,झाक्रीले राजतन्त्र फाल्नकै निम्ति । र गणतन्त्र प्राप्ति पछि उनी प्रतिनिधिसभामा रामकुमारी झाँक्री नेपाल कम्युनिष्ट पार्टी नेकपाको समानुपातिक तर्फबाट सांसद् थिइन्।नेतृ भाक्रीले मानविकीमा स्नातकोत्तर र कानूनमा स्नातक तहसम्मको अध्ययन पूरा गरेकी छन् । २०७५ मा नेकपाको केन्द्रीय सदस्य भएकी उनी ७७ साल पुस ५ र ७८ साल जेठ सातमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेसँगै सो कदमको खरो आलोचक बनिन ।
गोर्खामा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रयोग गरेको शव्दका कारण ओली सरकारलाई उनलाई पक्राउ गरेको थियो तर चौतर्फी विरोध पछि प्रहरीले उनका पति पशुपति पुरीको रोहबरमा रिहा गरेको थियो ।यी चर्चित नेतृका पति पुरी नेपाल सरकारका जागिरे हुन् । पशुपति र रामकुमारीबीचको ५ बर्षे लामो प्रेम सम्बन्धलाई विवाहमा रुपान्तरण गरेका थिए । उनले २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपतिबाबु पुरीसँग विवाह गरेकी हुन्। पुरी अहिले भौतिक पूर्वाधार मन्त्रालयको उपसचिवको रुपमा कार्यरत छन् ।