बुटवल ।
अखिल (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पस मुल इकाइ समितीले २०७९ सालको भित्तेपात्रो विमाेचन गरेकाे छ । नयाँ बर्ष २०७९ सालको अवसरमा बिध्यार्थीहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्दै भित्तेपात्राे विमाेचन तथा बितरण गरेका हुन ।
उक्त कार्यक्रमका प्रमुख अतिथी अखिल (क्रान्तिकारी) केन्द्रीय निर्वाचन आयोग संयोजक अनुप पोख्रेलले ‘भित्तेपात्रो वितरण गर्नु स्वागत योग्य काम भएको बताउँदै संगठनलाई चलायमान बनाउँदै लैजानका लागि आफू सदैब लाग्ने र अखिल (क्रान्तिकारी) सधै बिध्यार्थीहरकाे शैक्षिक हकका निम्ती सधै आवाज उठाईरहने र शैक्षिक सुधारका लागि खबरदारी गर्ने बताए । हामी सम्पुर्ण विद्यार्थी साथीहरु स्थानीय तहको चुनावमा माओवादी केन्द्रलाई बिजय गराउन आ-आफ्नो ठाउबाट खटिनुपर्छ र प्रतिगामी तत्वलाई पराजित गराउनु अहिलेकाे आवश्यकता र समयको माग भएकाे समेत बताए । साथै माओवादी केन्द्र जहिले पनि देशलाई अप्ठ्यारो पर्दा निकास दिने पार्टी हाे र साथसाथै विद्यार्थीको हक र अधिकारकाे लडाइमा हाम्रो पार्टी तथा विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जहिले पनि अग्रमोर्चा रहने बताए ।
साेहि कार्यक्रमका विशिष्ट अतिथि अखिल(क्रान्तिकारी) लुम्बिनी प्रदेश सचीव दिलिप शर्माले भित्तेपात्रो वितरण कार्यले समग्र बिध्यार्थी संगठनकाे प्रचार भएकाे र पुनर्ताजगी पनि भएकाे बताए । अखिल क्रान्तिकारी जहिले पनि विद्यार्थीको मुद्दामा केन्द्रित भएको र विद्यार्थीको समस्यामा हातेमालो गर्दै जाने बताए।साथै स्थानीय तहको चुनावमा समग्र विद्यार्थी वर्ग सचेत र शिक्षित भएको हुनाले माओवादी केन्द्रलाई विजयी गराउन सहयोग गर्नुपर्ने बताए।
कार्यक्रममा बाेल्दै क्याम्पस प्रमुख डाक्टर खिमानन्द न्यौपानेले अखिल (क्रान्तिकारी)काे साथमै रहेकाे बताउँदै बिध्यार्थीका मुद्दाहरुमा सहजिकरण गर्ने प्रतिबद्धताका साथ श्रृजनशिल कार्य गरेकाेमा खुसि हुदैँ शुभकामना व्यक्त गरे।
कार्यक्रमको समापन इकाइ अध्यक्ष विष्णु ज्ञवालीले गरेका थिए उनले भने, ‘हामीहरु दुखी, गरिब, जेहेन्दार विद्यार्थीको न्यायको लागि निरन्तर यस क्याम्पसमा शाैक्षिक अधिकारकाे निम्ति दवाव गर्दै आएकाे र साथै शिक्षा सगैँ खानेपनि , कक्षा व्यवस्थापन र बिध्यार्थीका समसामयिक समस्यालाई सहजिकरण गर्दै विशेषगरी विद्यार्थीको हक र अधिकारको लागि अहोरात्र खटिएकाे र जहाँ विद्यार्थीलाई अन्याय हुन्छ त्यहा अखिल(क्रान्तिकारी) पुगेको बताउँदैँ भित्तेपात्रो प्रकाशनका निम्ती साथ र सहयोग गर्ने मन्त्रालयका मानिय मन्त्रीहरु विभिन्न स्थानीय तह ,अग्रज व्याक्तित्व र बिज्ञापन दाताहरुलाई आभार प्रकट गरे ।
यसैगरी उक्त कार्यक्रमको संचालक अखिल(क्रान्तिकारी) का इकाई सह-सचिव दिपक खत्रीले गरेका थिए भने स्वागत मन्तव्यमा इकाईका कोषाध्यक्ष संगम खवासले राखेका थिए । कार्यक्रममा करिव ३०० जना बिध्यार्थीहरुकाे उपस्थितिमा भव्यताका साथ समापन भएकाे थियाे ।