वैशाख १८ – आफ्नै १२ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा खोटाङका एक पुरुष पक्राउ परेको छ । छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ५१ वर्षीय बाबु पक्राउ परेको हो ।आफ्नै छोरीलाई घाँटी समाएर डर त्रास देखाएर करणी गरेको सूचना आए लगत्तै इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएका प्रहरीको टोलीले अभियुक्तलाई खोजतलास गर्नेक्रममा शुक्रबार महेश्वरीबाटै प क्राउ परको छ ।पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखी हाडनाता करणी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए ।
यो पनि पढ्नुहोस -४ वर्षीया किशोरी करणी गरेको अभियोगमा सुनसरीबाट एक जना पक्राउ परेको छ । सो ठाउँको किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बर्जु गाउँपालिका–४ बस्ने २४ वर्षीय अर्जुन गुरुङलाई पक्राउ गरेको हो ।
अर्जुनले ती किशोरीलाई आफ्नै घरमा लगेर करणी गरेको प्रहरीले जनाएको छ । करणीको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सीतागन्ज र प्रहरी चौकी अमडुवाबाट खटिएको प्रहरीले गरुङलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।