बैशाख १८-शनिबार भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि ८ जना बालबालिकाको ज्यान गएको छ । अरु चार जना घाइते भएका बताइएको छ । इजिप्टको डेल्टा प्रान्तको नेहिजार सहरमा सडकमा सवार १२ जना बालबालिकालाई एक सवारीले ठक्कर दिएको थियो । त्यसपछि उनीहरु पानीको नहरमा खसेका थिए ।नहरमा खसेर गम्भीर बनेका उनीहरुमध्ये आठ जना बालबालिकाको ज्यान गएको छ भने अरु चार जना घाइते भएका छन् । घाइतेहरुको उपचार जारी रहेको यहाँका प्रान्तीय प्रहरी प्रमुखले जानकारी दिएका छन् । उनका अनुसार सो सवारीका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त दुर्घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । (रासस)
यो पनि पढ्नुहोस -संयुक्त राज्य अमेरिकाको न्यु मेक्सिको राज्यमा भीषण डढेलो फैलिँदै गएको छ । यसअघि नै ९७,००० एकड क्षेत्रफलमा डढेलो फैलिसकेको राज्यका अग्नि अधिकारीहरूले बताएका छन्।ूसो क्षेत्रभरि हावाको गतिले तीव्र गतिमा आगो लस भेगास तर्फ पूर्व र ग्यालिनास क्यान्यनमा दक्षिणतिर फैलिएको थियो। हावाको तीव्रप्रवाहले आगलागी अनुमान भन्दा छिटो भैलिरहेको बताइएको छ।
यो तीव्रता आज पनि जारी रहनेछ,ू सान्ता फे नेसनल फरेस्ट ९क्ँल्ँ० का आगो प्रबन्धकहरूले काफ क्यान्यन र हर्मिट्स पीकमा शनिबार उल्लेख गरेका छन् । डढेलोले ९७ हजार ६४ एकड जमिन जलेको बताइएको छ।
विगत २४ घण्टामा ३० हजार एकड क्षेत्रफलमा फैलिएको आगो नियन्त्रणमा ल्याउन अहिले १ हजार २० जना अग्निनियन्त्रक आगो निभाउने काममा जुटेका छन् ।अमेरिकी सञ्चारमाध्यमका अनुसार न्यु मेक्सिकोका केही भागमा मानिसहरूलाई सम्भावित खतरनाक ठाउँ छाड्न आदेश जारी गरिएको छ। (रासस)