रुपन्देही स्थित भैरहवाकाे सिद्धार्थ नगरपालिकामा साल्ट टे्रडिङ्ग कर्पोरेशन लि. मा कार्यरत एक सरकारी कर्मचारीले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिनकाे लागि आफ्नाे पदबाट राजिनामा दिएका छन ।
सिद्धार्थनगर नगरपालिका वडा नं. १२ का डम्बर बहादुर खत्रिले १२ नं. वडा काे नेकपा माओवादि केन्द्रबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन । नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका खत्री साल्ट टे्रडिङ्ग कर्पोरेशन लि. मा २०४३ सालदेखि २०७९ बैशाख ८ गते सम्म कार्यरत रहेका थिए ।
वि.सं. २०२२ कार्तिक ८ गते वालिङ नगरपालिका स्याङ्जामा जन्मीएका खत्री २०७७ सालमा राष्ट्रिय कर्मचारी संगठन साल्ट ट्रेडीङ्ग कर्पोरेशन लिमिटेडका क्षेत्रिय अध्यक्ष समेत भएका थिए ।जागिरलाई निरन्तरता दिदैँ २०६७ मा केन्द्रिय सदस्य २०७० मा नेपाल राष्ट्रिय कर्मचारी संगठन रुपन्देही जिल्ला सदस्य र २०७४ मा अखिल नेपाल ट्रेडीङ्ग युनियन महासंघ रुपन्देही जिल्ला कोषाध्यक्ष र लुम्बिनी प्रदेशको सदस्यका रुपमा थिए । खत्रीले २०६४ साल देखि नेपाल राष्ट्रिय कर्मचारी संगठनमा सदस्य रहि काम गरेका थिए ।
२०४४ सालमा एमालेको पार्टी सदस्यबाट राजनितीमा प्रवेश गरेका खत्री अहिले नेकपा माओवादी केन्द्रको सिद्धार्थनगर नगरपालिकाको नगर कोषाध्यक्षमा निर्वाचित भएका थिए ।
२०५८ साल देखि नेकपा माओवादीको १० वर्षे जनयुद्धमा आवद्ध भइ हाल सम्म माओवादी केन्द्रमा संक्रिय रुपमा संलग्न रहेको माओवादी केन्द्र सिद्धार्थनगरका प्रवक्ता लोकेन्द्र धामीले बताए ।