काठमाडौँ – कुवेतमा एक नेपाली महिलाको मृत्यु भएको छ ।रोजगारीका लागि घरेलु कामदारको रूपमा कुवेत पुगेकी झापा गरामनी ९ घर भएकी ४४ बर्षीय यदु गुरुङको उपचारको क्रममा मृत्यु भएको हो ।पछिल्लो पटक एक्कासी पेट दुख्यो भनेर त्यहाँको जाहारास्थित जाहारा हस्पिटलमा उपचारको लागि पुगेकी गुरुङलाई लिभर क्यान्सर भएको भन्दै जाहारा हस्पिटलले अमिरी हस्पिटलमा रिफर गरिदिएको थियो।गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अनुसार मृतक गुरुङ एक महिनादेखि कलेजो क्यान्सर (लिभर क्यान्सर) को उपचाररत थिइन्। उनको उपचारकै क्रममा अमिरी हस्पिटलमा मंगलबार बिहान मृत्यु भएको हो ।
यो पनि पढ्नुहोस -भारतको तमिलनाडुमा रथ यात्राको क्रममा करेन्ट लाग्दा ११ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।बुधबार बिहान तमिलनाडुको तंजाबुरको एक मन्दिरको रथयात्राको क्रममा हाई भोल्टेजको तारमा छोइँदा ११ जनाको ज्यान गएको र १५ जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।ज्यान गुमाउनेमा केही बालबालिका पनि छन् । तञ्जावुरको कालिमेदुको मन्दिरमा ९४औँ माथिल्लो गुरुपूजा पर्व मनाइँदैछ । त्यसमा सहभागी हुन गएरातिदेखि दर्शनार्थीको भीड लागेको थियो ।
यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनामा ज्यान गुमाएकाका परिवारलाई २–२ लाख र घाइतेहरुलाई ५०–५० हजार रुपैयाँ दिने बताएका छन् ।यस्तै, तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले ज्यान गुमाएकाका परिवारलाई ५–५ लाख रुपैयाँ दिने बताएका छन् ।