प्युठान – प्युठानमा स्थानीय तह निर्वाचनको प्रचारमा हिँडेका एक जनाको भीरबाट लडेर मृत्यु भएको छ ।मृत्यु हुनेमा नौबहिनी गाउँपालिका–२ लिघा सिरिवाङका ५६ वर्षीय धन बहादुर थापामगर रहेका छन् ।आइतबार नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको गठबन्धन टोलीसँग उनी गाउँमा भोट माग्न गएका थिए ।गाउँमा घरदैलो गरी फर्किने क्रममा भीरबाट लडेका मगरको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस -काठमाडौं महानगरपालिकामा नेकपा एमालेका तर्फबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले महिनावारीको बेला महिलाहरुलाई गाह्रो हुने भएकाले उनीहरुलाई विदामा बस्न मिल्ने नीति तथा कार्यक्रम ल्याउने योजना रहेको बताइन्।आईतबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कार्यस्थलमा महिलालाई सुरक्षित ढंगले काम गर्ने वातावरण मिलाउने प्रतिवद्धता समेत व्यक्त गरिन्।
उनले भनिन्, ‘कार्यस्थलमा महिलाहरुलाई सुरक्षित हुने खालको हामी प्रबन्ध गर्नेछौँ। महिनावारीको समयमा धेरै जना महिलाहरुलाई कार्यालय जान गाह्रो हुन्छ। त्यो गाह्रो महिला बाहेक पुरुषहरुले कमै मात्र बुझ्नुहुन्छ होला। विशेषगरी महिनावारीको समयमा हामीले विदाका लागि कसरी प्रबन्ध गर्न सक्छौँ, त्यसका लागि नीति र कार्यक्रमहरु ल्याउनेछौँ।’
कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार केशव स्थापितले आफू मेयर भएको भोलिपल्टबाटै नागरिकको पीडालाई सुनेर तत्काल सम्बोधन हुनेगरी काममा लाग्ने बताए।उम्मेदवार स्थापितले निर्वाचन पश्चात देशका विभिन्न ठाउँबाट आएका मानिसहरुलाई काठमाडौंमा संरक्षण गर्न अगुवाई गर्ने र आफू रमाइलोमा भन्दापनि महानगरवासीको सेवामा लागि पर्ने जानकारी दिए।