बुटवल – नेकपा एकिकृत समाजवादीका तर्फबाट उम्मेद्वार भएकाहरुले दैनिक रुपमा घरदैलौलाई जारी राखेका छन । बुटवलमा उपमहानगरमा पाँच दलीय गठबन्धनबाट दैनिक घरदैलौ चलेको छ । बुटवलमा मेयर खेलराज पाण्डे सहित उपमेयरका उम्मेद्वार चिन बहादुर गुरुङले संयुक्त रुपमा घरदैलौ गरेका छन ।
सोमबार बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा गरिएको घरदैलौमा चुरेबाट प्रभावित भएकाले आफूहरुको समस्या समाधान गर्न आग्रह गरेका थिए । घरदैलौमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष राजु गुरुङ, जिल्ला उपसचिव सरिता श्रीस लगायतका नेताहरुको उपस्थिती थियो । त्यसैगरि वडा न. वडा न. ३ का समाजवादीका उम्मेद्वारहरुले घरदैलौ गरेका छन । त्यस्तै बुटवल १३ का वडाअध्यक्ष सहितका उम्मेद्वारहरुले पनि घरदैलौ तथा मोटरसाईकल र्याली निकालेको छ । उक्त अवसरमा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष राजु गुरुङले एमाले कुहिएको आलू भएको बताए ।
उनले एमाले कुहिएको एक टन भएको बताउँदै आफूहरु एक तोलाको सुन भएको बताए ।
यस्तै तिलोत्तमामा पनि उम्मेद्वारहरुले भेटघाटलाई जारी राखेका छन । मेयरका आशाकुमारी चौधरी, उपमेयरका उम्मेद्वार इञ्जिनियर सञ्जिव भण्डारीले तिलोत्ताका मुडियारी, कान्छिबजार, टिकुलिगड लगायतका क्षेत्रमा घरदैलो गरेको छन । जनतालाई परेको बेला सहयोग गर्ने र कृषि सामाग्री सहज रुपमा पु¥याउन एकीकृत समाजवादी सदैब तयारी हुने तिलोत्तमा नगरपालिकाका उपमेयर पदका उम्मेदवार सन्जिव भण्डारीले बताए ।
समाजवादी तिलोत्तमाले निर्वाचन जिते खोलामा हुने चोरी निकासी बन्द गर्दा नगरपालिकाको आम्दानीमा वार्षिक ५० करोड बचाउन सकिने भएकोले सम्पत्ति करको नाममा उठाइने १२ देखि १५ करोड सम्मको रकम मिनाहा गर्न सकिने भण्डारीले बताए । त्यसैगरि सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका, शुद्धोधन गाउँपालिका, सियारीमा पनि उम्मेद्वारहरुले घरदैलौ पुगेर परिवर्तनका पक्षमा कलममा भोट हाल्न आग्रह गरेका छन ।