बुटवल – नेपाली कांग्रेस , नेकपा समाजबादी , राष्ट्रिय जनमोर्चाको गठबन्धनका उम्मेदवारहरुको भेटघाट तथा अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस धुर्कोट रुपन्देही सम्पर्क समिती र सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा धुर्कोट गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार महेन्द्र प्रसाद भण्डारी र उपाध्यक्ष पदका उम्मेदवार चन्द्र बहादुर सुनारको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेकपा समाजबादीका केन्द्रीय सदस्य गणेश खनाल , नेपाली कांग्रेसका प्रदेश सदस्य छन्द पहराई , नेपाली कांग्रेसका जिल्ला उपसभापति एवम धुर्कोट गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिव बहादुर खत्री , राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य सुर्य जिसि, नेपाली कांग्रेसकि नेत्री रिता केसी, महाधिबेशन प्रतिनिधि पृथ्वी फौजदार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अध्यक्षका उम्मेदवार भण्डारी र उपाध्यक्षका उम्मेदवार चन्द्र सुनारले धुर्कोटको बिकासका निम्ति संयुक्त लोकतान्त्रिक गठबन्धनलाई बिजय बनाउन अपिल गर्नुभएको थियो । साथै उहाँहरुले समानुपातिक बिकास र कर्मठ ,भौगोलिक अवस्था बुझेको यो गठबन्धनलाई सहयोग गरि बिजय बनाउन आआफ्नो ठाउँबाट लाग्न सम्पुर्ण धुर्कोटबासीलाई अनुरोध गर्नुभएको थियो ।
बिमल घिमिरेको सञ्चालन एबम यदुमनी पोख्रेलको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।