बुटवल –
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वाड नं.१२ काे अध्यक्षमा माओवादि केन्द्रका युवा नेता गिरि प्रसाद महाकिम चुनावी मैदानमा उत्रिएका छन।
जिल्लाका विभिन्न स्थानिय तहरुमा संयुक्त गठबन्धन भएता पनि रेसुङ्गा नगरपालिका लगायत नगरका वाडहरुमा भने काङ्ग्रेसकाे असहमतिकाे कारण गठबन्धन भएन तर पनि माओवादि एक्लै चुनावी प्रतिस्पर्धामा जाने तयारिका साथ जनताकाे घरघरका चुनावी अभियान सुरु गरेका छन ।
सरल शालिन र भद्र स्वभावका महाकिमले
जहाँ कसै प्रती भ्रम र लान्छनाको प्रचार हैन यहाँको लागी अत्यावश्यक बिकास योजनाको प्रचार गरिने बताए । वडा वासि जनसमुदायको आपसी सद्भाव मेलमिलाप र एकताको आवश्यकता लाई उच्च महत्त्व दिई यस चुनावी प्रतिस्पर्धालाई सभ्य र मर्यादित बनाउन सबै राजनिती दल ,जनता कार्यकर्ताहरुलाई सुझाब समेत दिए ।
विकास र समृद्धिको अवधारणा सहित आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वडा अध्यक्ष मा महाकिमले उम्मेदवारी दर्ता गराएका हुन ३८ बर्षिय उर्जाशिल युवा नेता महाकिम राजनीतिक र सामाजिक व्यक्तित्वको रूपमा परिचित सरल,बौद्धीक र बिकासप्रेमी स्वभावका कारण स्थानियका बिचमा निकै लोकप्रीय मानिन्छन् । भौतिक र मानवीय विकासलाई मुख्य रुपम महत्त्व दिदै वडाअध्यक्ष दाबि गरेका महाकिम वडाबासीकाे सम्वृद्धि विकासलाइ मूल लक्ष्य बनाएर अगाडि बढेका छन । वडामा शिक्षा र स्वास्थ्य क्षेत्रको सुदृढीकरण, महिला बालबालिका र ज्येष्ठ नागरिक मैत्री कार्यक्रम, कृषिमा आधुनिकीकरण उनका प्रमुख चुनावी मुद्दा हुन्।
शिक्षा स्वास्थ्य बिषयमा स्नातकोत्तरसम्म अध्ययन गरेका उनि युवाहरुकाे धराेहर शैक्षिक, बौद्धिक, मिलनसार, समाजसेवी व्यक्ति हुन ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उनी साेहि वडाकाे वडाअध्यक्ष पदका दाबेदार थिए भने अर्का प्रतिस्पर्धी काँग्रेसका तर्फबाट कुलबहादुर टण्डन थिए वडाध्यक्ष पदमा महाकिम र टण्डन बिच कडा प्रतिस्पर्धा भयाे अन्तत झिनाे मतले टण्डन विजयी भएका थिए।
निर्वाचित वडा अध्यक्ष टण्डनले त्यति जनतकाे हितमा रहेर काम भने गर्न नसकेकाे जनगुनासाे छ । वडामा पर्ने विभिन्न याेजना तथा कार्यक्रमहरुमा पनि एक्लाैटि गर्ने खाेजेकाे र वडामा आएका अन्य क्षमता अभिबृद्धि तालिम तथा कार्यक्रमहरुमा पनि वडाका सबै जनताले थाहा नपाई पाटि निकट गरिरहेकाे स्थानियहरु बताउँछन । त्यसकारण वडाले बिकास निर्माणमा खासै फड्काे मार्न नसकेकाे स्पष्ट देखिन्छ ।
यसरी वडाकाे समृद्धि बिकास पुराना बाँकी रहेका कामहरु पुरा गर्न र आफ्ना केही नयाँ योजनाका साथ आफु चुनावी मैदानमा होमिएको महाकिमकाे भनाई छ । राजनीति सेवाको रुपमा लिने उनले गाउँमा हुने विभिन्न विपत्तिहरुमा सहयोग एवम् सहयोगका लागि समन्वय गर्दै आईरहेका छन् । उनी नेकपा माओवादी केन्द्र रेसुङ्गा नगपालिकाकाका नगर अध्यक्ष पनि हुन्।
सामाजिक न्यायको निम्ति राज्यले कसरी काम गर्नुपर्छ भन्ने राम्रो ज्ञान आफूमा रहेकाले वाडमा त्यसको प्रयोग गर्न पाए सामाजिक रूपान्तरणको अभियान पनि सार्थक रूपमा अघि बढ्ने उनको भनाई छ ।
महाकिमले आफ्नै जीवनकालमा वाड समृद्धि र विकासका निम्ति माओवादी केन्द्रले नेतृत्व लिनैपर्ने बताए । आफू नेतृत्वमा आए पार्टीले लिएको आर्थिक समृद्धि सहितको विकास र समाजवादको आधार निर्माणमा सहयाेग पुग्ने बताए ।
अधिकांश जनप्रतिनिधिहरूले पूर्वाधारलाई मात्र विकासका रूपमा परिभाषित गर्दै पछ्याएको परिस्थितिमा महाकिमले भने विकासलाई फराकिलो दृष्टिका साथ बुझ्नुपर्ने बताउँछन्। भौतिक विकासलाई जनशक्ति उत्पादन र उक्त जनशक्तिलाई स्वरोजगारसँग जोडेर मात्र दीगो विकासको लक्ष्य हासिल गर्नसकिने उनको तर्क छ।