काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भन्ने हल्लामात्रै भएको विमानस्थल स्रोतले जनाएको छ । अज्ञात व्यक्तिले बिहान टेलिफोन गरी डोमेस्टिक टर्मिनलमा बम रहेको जानकारी गराएका थिए ।त्यसलगत्तै आन्तरिक उडानका सबै यात्रुहरूलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकाले र नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च गरेको थियो । तर त्यहाँ केही नभेटिएको स्रोतले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरील सबै स्थानमा जाँच गरिसकेको र शंकास्पद वस्तु नभेटिएपछि आन्तरिक उडान सुरू गर्ने तयारी गरिएको हो । ‘यात्रुलाई विमानस्थलको आगमन कक्षमा प्रवेश अनुमति दिइसकिएको छ,’ स्रोतले भन्यो, ‘केहीबेरमा उडान सुचारू गरिनेछ ।’