कञ्चनपुरको एक होटलमा एक जना मृत फेला परेका छन् । कञ्चनपुरको महेन्द्र नगरमा रहेको नाइन इलेभन होटलमा एक जना युवक मृत भेटिएका हुन् ।कञ्चनपुरको भिमदत्तनगरपालीका १५ निम्बुखेडाका २१ बर्षिय मुकुल पाण्डेय होटलको कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ ।उनको शरिरमा कुनै चोटपटक नभएको र बेडमा सुतेकै अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्र बहादुर शाहका अनुसार घटनास्थलमा प्रहरी परिचालन गरी अनुसन्धान भैरहेको बताए । उनले भने, अहिले होटललाई सिल गरिएको र अनुसन्धान भैरहेको छ । मृत्युको कारण खुल्न नसकेको उनले जानकारी दिए । अहिले सो क्षेत्र तनाब ग्रस्त बनेको छ भने मृतकका आफन्त होटलमा ढुङ्गामुढा गरिरहेका छन् ।
यो पनि पढ्नुहोस – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भन्ने हल्लामात्रै भएको विमानस्थल स्रोतले जनाएको छ । अज्ञात व्यक्तिले बिहान टेलिफोन गरी डोमेस्टिक टर्मिनलमा बम रहेको जानकारी गराएका थिए ।त्यसलगत्तै आन्तरिक उडानका सबै यात्रुहरूलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकाले र नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च गरेको थियो । तर त्यहाँ केही नभेटिएको स्रोतले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरील सबै स्थानमा जाँच गरिसकेको र शंकास्पद वस्तु नभेटिएपछि आन्तरिक उडान सुरू गर्ने तयारी गरिएको हो । ‘यात्रुलाई विमानस्थलको आगमन कक्षमा प्रवेश अनुमति दिइसकिएको छ,’ स्रोतले भन्यो, ‘केहीबेरमा उडान सुचारू गरिनेछ ।’