काठमाडौँ । काठमाडौँ महानगरपालिका -२६ ठमेलको नरसिंह चोक निवासी ६२ वर्षीय न्हुछे नारायण महर्जनको आफ्नै घरको छतबाट खसेर हिजो मङ्गलबार दिउँसो मृत्यु भएको छ।आफ्नै १० तले घरको छतमा पानी ट्याङ्की राख्ने ठाउँ हेर्न जाने क्रममा छतबाट चिप्लिएर भुइँमा खस्दा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
यो पनि पढ्नुहोस -विवेकशील साझा पार्टीबाट भरतपुर महानगरपालिकामा मेयर तथा उपमेयरका उमेदवारहरूले आफ्नो संकल्पपत्र सार्वजनिक गरेका छन् ।बिहीवार भरतपुरमा उम्मेदवारहरूले पत्रकार सम्मेलन गरी संकल्पपत्र सार्वजनिक गरेका हुन् । मेयरका उमेदवार प्रवीन काफ्ले र उपमेयरकी उमेदवार पुष्पा सापकोटाले संयुक्तरूपमा संकल्पपत्र सार्वजनिक गरेका हुन् ।साझाकाे संकल्पपत्रमा मूल ऐजेन्डा ८ वटा रहेका छन् । भरतपुर महानगरमा विवेकशील साझाका उमेदवारका संकल्पमा भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शी सेवा प्रवाह, निःशुल्क तथा गुणस्तरीय सार्वजनिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, सामाजिक सुरक्षा कार्यक्रम, शान्ति सुरक्षा, कृषि, पर्यटन, व्यापार, व्यवसाय रोजगारी प्रबर्द्धन, नारायणीको पानीजस्ता सग्लो र सफा भरतपुर र योजनाबद्ध पूर्वाधार विकास रहेका छन् ।
‘एक वर्षभित्र भरतपुरलाई डिजिटलयुक्त बनाउने, २९ वडा कार्यालयलाई भ्रष्टाचारमुक्त बनाइने, रोजगारमुलक उद्यमशील र व्यवहारिक शिक्षा प्रदान गरिने, ज्येष्ठ नागरिक, मातृशीशुको स्वास्थ्यलाई घुम्ती विशेषज्ञ सेवा प्रदान गर्ने हाम्रो संकल्प छ’, मेयरका उमेदवार काफ्लेले भने, ‘वृद्धभत्तालाई सेवाग्राहीको खातामा वा घरमै हातैमा दिने गरी व्यवस्था गर्ने, समयमै मल, बीउ आपूर्तिको सुनिश्चितता गर्ने, कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गरिने, महानगरवासीले भोग्दै आएको ढलको समस्या समाधान गर्ने, प्रत्येक वडामा कृषि प्राविधिक सेवा लैजाने, भरतपुर महानगरलाई औद्योगिक क्षेत्रको रूपमा विकास गर्ने, महानगरको सबै सार्वजनिक स्थलमा सिसी क्यामेरा राखिने र फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन गर्नेछौँ ।’
संकल्पपत्रमा दुई वर्षभित्र कुनै पनि सेवाग्राही कार्यालयमा आउनै नपर्ने गरी सबैकाम घरबाटै सम्पन्न हुने व्यवस्था मिलाइने, शिक्षाको बजेट व्यापकरूपमा बढाइने, विदेश पलायन हुने युवालाई रोक्ने गरी रोजगारको व्यवस्था गरिने, दीर्घरोगीको उपचारमा विशेष सहयोग रहने उल्लेख छ ।