काठनाडौँ – सिरहाको कर्जन्हा नगरपालिका -३ सुन्दरपुरस्थित सडकमा साइकल खाल्डोमा परेर मंगलबार राति दुर्घटना हुँदा साइकल चालक सोही नगरपालिका २ बस्ने ७२ वर्षीय दुख्खी यादवको मृत्यु भएको छ।उक्त साइकल सडकको खाल्डोमा परी यादव बेहोस अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि कमलामाई पोलि क्लिनिक बन्दीपुर लगेकोमा थप उपचारका लागि फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
यो पनि पढ्नुहोस -बाजुरामा निर्वाचन अवधिभर मदिरा विक्री वितरण गर्न नपाइने भएको छ।स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन मदिरा विक्री वितरणमा रोक लगाइएको जनाइएको छ।मंगलबार जिल्ला प्रशासन कार्यालय बाजुराले विज्ञप्ति जारी गर्दै बुधबार बाट लागु हुनेगरी निर्वाचन अवधिभर मदिरा उत्पादन, भण्डारण, विक्री, वितरण एवं उपभोगलाई निषेध गरिएको बताइएको छ।
जुनसुकै व्यक्ति तथा समूहले मदिरा सेवन गरी सार्वजनिक स्थानमा हिँडेको पाइए कडा भन्दा कडा कानुनी कारबाही गर्न सबै सरोकारवालाहरुले सहयोग गर्ने भनी सर्वपक्षीय सर्वदलीय बैठकबाट निर्णय भएको विज्ञप्तिमा उल्लेख छ। साथै निर्णय विपरित कार्य गरे वा गराएको पाइएमा कानुनबमोजिम कारबाही हुने समेत सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।