बुटवल – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रुपन्देहीकाे सिद्धार्थ नगरपालिका वाड नं. ३ काे अध्यक्षमा माओवादि केन्द्रका युवा नेता केशव कुवँर चुनावी मैदानमा उत्रिएका छन।
जिल्लाका विभिन्न स्थानिय तहरुमा संयुक्त गठबन्धन भएकाे छ । सिद्धार्थ नगरपालिका पनि पहिले उम्मेदवारी दर्ता गराउँदा सबै दलहरुले सिङ्गल भिड्ने तयारीका साथ उम्मेदवारी दिए तर मनाेनयन फिर्ताकाे अन्तिम दिन पुन माओवादि केन्द्र र काङ्ग्रेस बिच गठबन्धन भयाे । तर नगरका वाडहरुमा भने काङ्ग्रेसकाे असहमतिकाे कारण गठबन्धन भएन तर पनि माओवादि एक्लै चुनावी प्रतिस्पर्धामा जाने तयारिका साथ जनताकाे घरघरमा चुनावी अभियान सुरु गरेका छन ।
सरल शालिन र भद्र स्वभावका कुवँर
जहाँ कसै प्रती भ्रम र लान्छनाको प्रचार हैन यहाँको लागी अत्यावश्यक बिकास योजनाको प्रचार गरिने बताए । वडा वासि जनसमुदायको आपसी सद्भाव मेलमिलाप र एकताको आवश्यकता लाई उच्च महत्त्व दिई यस चुनावी प्रतिस्पर्धालाई सभ्य र मर्यादित बनाउन सबै राजनिती दल ,जनता कार्यकर्ताहरुलाई सुझाब समेत दिए ।
काेभिडकाे शव व्यवस्थापनमा अग्रपंक्तिमा रहेकाे एक सिपाहि केशव कुवँर ;
विकास र समृद्धिको अवधारणा सहित आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वडा अध्यक्ष युवा नेता केशव कुवँरले उम्मेदवारी दर्ता गराएका हुन । कुवँरकाे जन्म २०४२ भदौ १७ गते गुल्मी स्थित नयाँगाउँमा बाबू जंग बहादुर कुवर र आमा कुमारी कुवरकाे काेख बाट भएकाे थियाे । उनी १४ बर्षकाे हुदाँ सानै उमेर बाट नै माओवादिमा हुमिएका थिए ।
२०५६ सालमा गुल्मीकाे नयाँ गाउँ बाट बिधार्थी राजनितिमा सक्रिय भुमिका खेलेका कुवँरले पाेलिटिक्ल साईन्स बिषय बाट स्नातक गरेका छन । उनी शशक्त तरिकाले माओबादि आन्दोलनमा अहम भुमिका खेल्दै आए सानै उमेर देखीकाे राजनीति जिवन सँगसँगै सामाजिक कार्यहरूमा पनि संलग्न रहँदै आएका कुवँर जनप्रिय नेताकाे रुपमा पनि परिचित छन । उनी विभिन्न आफ्नै पेशा व्यवसायी सगँ आबद्ध पनि छन ।
३७ बर्षिय उर्जाशिल युवा नेता कुवँर राजनीतिक र सामाजिक व्यक्तित्वको रूपमा परिचित सरल,बौद्धीक र बिकासप्रेमी स्वभावका कारण स्थानियका बिचमा निकै लोकप्रीय मानिन्छन् । भौतिक र मानवीय विकासलाई मुख्य रुपम महत्त्व दिदै वडाअध्यक्ष दाबि गरेका कुवँर वडाबासीकाे सम्वृद्ध विकासलाइ मूल लक्ष्य बनाएर अगाडि बढेका छन ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उनी साेहि वडाकाे वडाअध्यक्ष पदका दाबेदार थिए भने अर्का प्रतिस्पर्धी काँग्रेसका तर्फबाट रमेश मल्ल र फाेरम बाट उज्जवल पाेख्रेल थिए वडाध्यक्ष पदमा तीन दल बिच कडा प्रतिस्पर्धा भयाे अन्तत झिनाे मतले कुवँरले हार व्यहाेर्नु परेकाे थियाे ।
वडाकाे समृद्धि बिकास र आफ्ना केही नयाँ योजनाका साथ फेरि पनि आफु चुनावी मैदानमा होमिएको कुवँरकाे भनाई छ । काेभिडकाे समयमा आफ्नाे ज्यान जाेखिममा राखेर काेभिड बाट मृत्यु हुनेहरुकाे शव व्यवस्थापनमा आहाेरात्र खटिने एक शशक्त सिपाहि हुन कुवँर । उनि त्यस सगँसगैँ भैरहवा स्थित भिम अस्पतालमा काेभिड संक्रमित बिरामिहरुकाे लागि पनि विभिन्न प्रकारका फलफुल अण्डा माछा मासु ज्वानाेकाे सुप ताताे पानी बेसार र दुध लगायतका पाेषिला खानेकुराहरुकाे समेत व्याक्तिगत रुपमा व्यबस्थापनकाे अग्रपंक्तिमा रहेका केशव आज फेर एकपटक जनताकाे सेवाकाे लागि वाड नं. ३ बाट अध्यक्षकाे उम्मेदवारी सहित चुनाबि मैदानमा उत्रिका छन । उनी नेकपा माओवादी केन्द्र सिद्धार्थ नगरपालिका नगर सचिव पनि हुन्।
आफ्नै जीवनकालमा वडा समृद्धि र विकासका निम्ति माओवादी केन्द्रले नेतृत्व लिनैपर्ने भएकाेले आफू नेतृत्वमा आए पार्टीले लिएको आर्थिक समृद्धि सहितको विकास र समाजवादको आधार निर्माणमा सहयाेग पुग्ने कुवँरले बताए । अधिकांश जनप्रतिनिधिहरूले पूर्वाधारलाई मात्र विकासका रूपमा परिभाषित गर्दै पछ्याएको परिस्थितिमा कुवँरले भने विकासलाई फराकिलो दृष्टिका साथ बुझ्नुपर्ने बताउँछन्। भौतिक विकासलाई जनशक्ति उत्पादन र उक्त जनशक्तिलाई स्वरोजगारसँग जोडेर मात्र दीगो विकासको लक्ष्य हासिल गर्नसकिने उनको तर्क छ।