कञ्चनपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताबाट नेकपा एमालेका कार्यकर्ता कुटिएका छन् ।भीमदत्त नगरपालिका–१९ बागफाँटामा एमालेका स्थानीय कार्यकर्ता अञ्जु चौधरी र राजेन्द्रप्रसाद अवस्थी कुटिएका हुन् ।कुटपिटबाट अञ्जुको टाउको र छातीमा चोट लागेको छ भने अवस्थीको पनि छातीमा चोट लागेको छ ।माओवादीका वीरेन्द्र चन्द र रघुवीर धामीलगायतको समुहले कुटपिट गरेको भन्दै एमालेले प्रहरीमा उजुरी दिएको छ ।नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बुधबार बागफाँटामा संयुक्त र्याली निकालेको थियो । उक्त र्याली र चुनावी प्रचारमा रहेका एमाले कार्यकर्ताको भेट हुँदा विवाद भएको बताइएको छ ।
यो पनि पढ्नुहोस -कास्कीको अन्नपूर्ण गाउँपालिका १ (ढिकुरपोखरी), लेवाडेमा आइतबार बिहान भएको दुर्घटनामा संलग्न कार चालक अझै फरार छन् । घटना भएको दुई दिनसम्म कास्की प्रहरीले चालक पर्वतको कुस्मा १ मा बस्ने २७ वर्षीय एन्जिल बम मल्ललाई पक्राउ गर्न सकेको छैन ।पर्वतबाट पोखरा फर्कँदै गरेर बाबुछोरी सवार ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ग ३ च ३५२५ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकलमा सवार १८ वर्षीया सुजिना तिलिजा पुनको घटनास्थलमै मृत्यु भएको थियो । मोटरसाइकल चालक ४५ वर्षीय जीतबहादुर पुनको उपचारकै क्रममा सोमबार मृत्यु भयो ।
कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले घटनामा संलग्न चालकको खोजी कार्य जारी रहेको र कास्की प्रहरीको अफिसयल फेसबुक पेजबाट सार्वजनिक सूचना जारी गरेको बताए ।कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले कारमा सवार तीन जना साथीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिँदै चालक मल्ललाई चाँडै नै पक्राउ गर्ने बताए । ‘अहिलेसम्म चालक फरार नै छन् । तर, हामी चाँडै नै पक्राउ गर्छौँ । दोषी उम्कन सक्दैन ।’ तिवारीले भने ।