बुटवल । जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजनामा धुर्कोट गाउँपालिकामा नमुना मतदान सम्पन्न भएको छ । नमुना मतदानमा ४१ महिला र ४९ पुरुष गरेर ९० जनाले मतदान गरेका थिए । जसमा १२ मत बदर भएको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन् । स्थानीय सवै उमेर समुहका बिद्यार्थी, क्लव, रेडक्रम, दल र नागरिक समाजका प्रतिनिधीले मतदान गरेका थिए । कुल मतको १३.३३ प्रतिशत बदर हुनु दुःखको बिषय भएको बताउँदै पौडेलले मतदाता शिक्षा प्रभावकारी बनाउनुपर्ने बताइन् ।