मोरङ जिल्लाको ग्रामधान गाउँपालिका–४ कटहरामा जुवा खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । ग्रामथान गाउँपालिका–५ बस्ने ५४ वर्षीय रूपेश कुमार तामाङसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ४१ हजार ३ सय १५ रुपैयाँ र कौडासहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो पनि पढ्नुहोस -झापामा ब्राउनसुगरसहित दुईजना युवक पक्राउ परेका छन् । बुद्धशान्ती गाउँपालिका–३ धाईजन चौक स्थितबाट सोही स्थानका ३१ वर्षीय भिमल बस्नेत र २९ वर्षीय बिशाल बस्नेत पक्राउ परेका हुन् ।ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर सहित उनीहरुलाई पक्राउ गरेको हो । शनिबार बेलुका पौने ६ बजे उनीहरुलाई लागूऔषध ब्राउन सुगर २ ग्राम ४०० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको थियो ।पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।