लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले राजनीति गर्दा गर्दै सम्पत्ति सकिएको बताएका छन् । प्रदेश प्रमुखमा नेपाल सरकारले कृष्णबहादुर घर्तीमगरलाई चयन गरेको भन्ने सुनेको तर प्रदेश प्रमुख कार्यालयमा भने कुनै पनि सुचना पत्र नआएको बतए । उनले ३ बर्ष पछि प्रमुखबाट हट्दै गर्दा उनले आफुले राजनीति गर्दा गर्दै बाउ बाजेले कमाएको सम्पत्ति सकिएको बताएका हुन् ।
उनले ३ बर्षको अबधिमा लुम्बिनी प्रदेश सभाबाट पारित भएका १५ वटा विधेयकहरु प्रमाणिकरण गरेको । ९३ वटा विभिन्न समाजिक कार्यक्रममा सहभागी भई जनताको मन जित्ने काममा जोड दिईएको बताउदै ३ बर्षको अवधिमा धेरैको सहयोग र सहकार्य रहेको बताएका थिए ।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले अहिलेको सरकारले संविधान संसोधन गर्ने लगायतका कुरा गर्नु आफैमा गलत भएको बताएका छन् ।
उनले अहिलेको अवस्थामा संविधानको पालनामा यो पटक उल्लंघन भएको समेत बताएका छन् । उनले संविधानको अबमुल्यन भएको कारण ५ गते नै राजिनामा दिन तयार भएको बताएका थिए तर एमाले काङ्ग्रेसको संयुक्त सरकार बने सगैँ नयाँ सरकारका मन्त्रीहरुलाइ सपथ ग्रहण गराउन आग्रह गरे अनुसार आफु केहि दिन रोकिएको बताए । प्रदेश प्रमुख शेरचनले भोलीनै कार्यालय छोड्ने तयारीमा रहेको उनले बताए ।
प्रदेश राजधानी दाङ लगे पश्चात पनि आफ्नो जवजस्तले प्रदेश प्रमुख कार्यालय बुटवलमै राखेको बताए । बुटवलले संघीय संरचना र प्रदेशमा महत्वपुर्व भुमिका निर्वाह गरेको समेत बताएका छन ।