थिङकिङ रिच नेपालको आयोजना र विभिन्न संघसंस्थाहरूको सहकार्य र समन्वयमा गत वर्ष २०८० साल साउनको २० गते लुम्बिनी क्षेत्रकै सबैभन्दा ठूलो महिला सशक्तिकरण कार्यक्रम थिङकिङ रिच नेपाललको आयोजनामा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा करिब ५०० जना महिला र २०० जना पुरुषको सहभागिता थियो।
कार्यक्रमको मुख्य उद्देश्य हाम्रो गाउँ समाजमा रहेको महिलाहरूलाई अगाडि बढाउनु र महिलाहरूलाई सशक्त बनाउनु थियो। थिङकिङ रिच नेपालले गतवर्ष को कार्यक्रममा मुख्य सातवटा लक्ष्यलाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरेको थियो।
जसमध्ये महिलाहरूमा आत्मविश्वास बढाउनु, महिलाहरूलाई कुनै पनि काममा सशक्त बनाउनु ,महिलाहरू भित्र भएको क्षमतालाई पहिचान गराउनु ,महिलाहरूको हक र अधिकार सम्बन्धी सचेत गराउनु , पिछडिएको महिलाहरूलाई उच्च शिक्षा हासिल गर्नमा प्रेरित गर्नु , महिला विरुद्ध हुने हिंसालगायत सबै प्रकारका विभेद र सीमान्तकृत अवस्थाको अन्त्य गर्न विशेष जोड दिंदै सबै तह र तप्काका महिलाहरुको मानव अधिकारको संरक्षण सुनिश्चित गर्ने ,जुनसुकै जात–जाति, भाषा, धर्म, लिङ्ग, वर्ग र क्षेत्रको भएतापनि घरेलु हिंसा, बेचबिखन, द्वन्द्वलगायत विभिन्न प्रकारका हिंसाबाट पीडित महिलाहरूको न्यायमा सहज पहुँचलाई सुनिश्चित गर्ने ।यी सातवटा मुख्य लक्ष्यहरू थियो। थिङकिङ् रिच नेपालका अध्यक्ष दिनेश कुमार गुप्ताले बताउनुभएको छ।थिङ्किङ् रिच नेपालका अध्यक्षका अनुसार यस गएको वर्षभन्दा राम्रो गर्ने प्रभावकारी गर्ने बताउनुभएको छ।