दिप बोडिङ उच्च माध्यमिक विद्यालयका साना साना विद्यार्थीहरुको प्रतिभा पहिचान गर्न उदेश्यले विद्यालयले विद्यार्थीहरुको अन्तर्निहित प्रतिभाको प्रदशर्न गराएको छ ।
मंगलबार कक्षा ४ का विद्यार्थीहरुले आफ्नो क्षमता र दक्षता अनुसार बिभिन्न कलात्मक हस्तकला र चित्रकलाहरु लगायत नृत्य ,गायन ,गुरुबन्दना, कराते , सरसफाई सगँ सम्बन्धित नाटक , रामायण वाचन ,स्पिच आदि बिषयमा क्षमता प्रदर्शन गरेका थिए ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष राजेन्द्र ध्वजूले सफलता भनेको कक्षामा राम्रो अंक ल्याउनु मात्र होइन, यो जीवनमा आफ्नो क्षमता र प्रतिभालाई चिनेर त्यसलाई उपयोगमा ल्याउनु हो उनले भने हरेक बिध्यार्थीलाई उनीहरूको रुचि, क्षमता, र विशेषताका आधारमा अवसर प्रदान गरिनुपर्छ। हामीले शैक्षिक कार्यक्रमहरूलाई यथार्थपरक बनाउँदै, बिध्यार्थीहरूको सम्पूर्ण विकासलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता छ ।
सोहि कार्यक्रममा विद्यालयका प्रचार्य टिकाराम न्यौपानेले
प्रत्येक बिध्यार्थीमा अदृश्य क्षमता र प्रतिभा हुने बताए ।केहीमा पढाइमा उत्कृष्टता हुनेछ, भने अरूले खेलकुद, संगीत, कला वा विज्ञानजस्ता अन्य क्षेत्रमा आफ्नो प्रतिभा देखाउनेछन्। यो विविधता नै हाम्रो शैक्षिक प्रणालीले सम्बोधन गर्नुपर्ने महत्वपूर्ण पक्ष हो। तर, हाम्रो समाजमा धेरैजसो समय केवल शैक्षिक नतिजा र अङ्कहरूको आधारमा प्रतिभा मापन गर्ने गरिन्छ। यसले गर्दा कतिपय बिध्यार्थीको प्रतिभा ओझेलमा पर्दछ। शैक्षिक नतिजामा उत्कृष्टता हासिल गर्न नसक्ने बिध्यार्थीले आफ्नो आत्मविश्वास गुमाउन सक्छन्, जबकि उनीहरू अन्य क्षेत्रमा विशिष्ट क्षमता राख्न सक्छन्। यो हाम्रो शिक्षाको दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक रहेको प्रध्यापक न्यौपानेले बताए ।
कार्यक्रममा अभिभावक ,शिक्षक र कक्षा ४ का ५ वटा सेक्सनका विद्यार्थीहरु उपस्थित भएका थिए । यस्तो कार्यक्रम र विद्यालयको अतिरिक्त सिकाईले विद्यार्थीहरुमा पनि आत्मबिश्वास बढ्ने र भबिष्यमा पनि आत्मनिर्भर हुन सिक्ने सिकाई भएको अभिभाबकहरुले बताए ।