मधेश प्रदेश, नेपाल सरकारले असोज ३ गते सविंधान दिवस मनाईरहदा तराई मधेशमा बहुसंख्याकको रुपमा रहेका चमार (दलित) समुदायहरुले देशभरका विभिन्न जिल्लाहरुमा कालो दिवसको रुपमा मनाएका छन । उनिहरुले राज्यले संविधानमा आफुहरुले अघि सारेको १५ बुदे मागहरु कार्यवन्यन नगरेको भन्दै विरोध स्वरुप कालो दिवस मनाएका हुन ।
नेपालको जनआन्दोलन होस वा मधेश आन्दोलनमा चमार (दलित) समुदायहरुको उल्लेखनीय सहभागिता भएपनि राज्यमा अवसर पाउने बेलामा आफुहरुलाई पुरै बेवस्ता गरेकोले कालो दिवस मनाईएको नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपालका केन्द्रिय अध्यक्ष दिनेश चमारले बताए ।
अध्यक्ष चमारका अनुसार नेपालभरका दलितहरु अहिलेको संविधान, राजनितिक दलहरुबाट आजित भएको , युवाहरु रोजगार नपाएर दिनहु हजारौको संख्यामा विदेशिनु परेको, जातकै कारण चमार, डोम, मुसहर समुदायका बालबालिकाहरुलाई विद्यालय जानबाट उच्च जातिहरु रोकिरहेको, राजनितिक नियुक्ती गर्दा राजनितिक दलहरुद्धारा चमार समुदायलाई बाहिस्कार गरिएको भन्दै आफुहरुको पनि स सम्मान बोल्न,लेख्न पाउने भन्दै विरोध जनाईएको उहाको भनाई थियो ।
नेपालको हाल संघिय सांसद होस वा राष्ट्रिय सभा वा प्रदेशसभाहरुमा चमार समुदायहरुको बढि जनसंख्या भएपनि उनिहरुको आवाजलाई स्थानिय देखि केन्द्र सरकारले दबाउन खोजेको अध्यक्ष चमारले बताए । राज्य एवमं राजनितिक दलहरुले यथासिघ्र चमार समुदायहरुलाई स्वतन्त्र रुपमा हित हुने कार्यहरु नगरे आन्दोलन गर्न आफुहरु तयारी अवस्थामा रहेको चमार कल्याण समाज नेपाल धनुषा जिल्लाका अध्यक्ष प्रगास महराले जानकारी दिनुभयो ।
चमार कल्याण समाज नेपाल हाल विश्वको लगभग १४ देशहरुमा संगठित रहेको र कालो दिवस लगभग तराईका जिल्लाहरुमा भब्यताका साथ मनाईएको र सरकारले अब चमार , डोम, मुसहर समुदायहरुलाई सहभागि नगराए त्यसको परिणाम भ्याकंर हुने धनुषा जिल्ला सचिव विजय गौतम चमारले चेतावनी समेत दिनुभएको छ ।