धनी राम काेरी
कपिलवस्तु : जिल्लाकाे कृष्णनगर नगरपालिका वडा नं ८ सानाे गणेशपुर चाेक बाट भारतीय नागरिक हतियार सहित दुई जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ ।
कृष्णनगर नगरपालिका वडा नं ८ सानो गणेशपुर चोक स्थित चन्द्रौटाबाट कृष्णनगर तर्फ जाँदै गरेको माेटरसाइकललाई प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चालक देश भारत उत्तर प्रदेश पिपरा गौतम पिकउरा जनुबि महसोन वस्ति बस्ने बर्ष ३५ को प्रितम कुमार र भारत देश उत्तरप्रदेश देवापार,देवापार हरनखा बस्ती बस्ने वर्ष २२ को सुरज द्धिवेदीले कम्मरमा हतियार लुकाएर लगिरहेको बेलामा प्रहरीले नियन्त्रणमा लिएको हाे ।
त्यसमा ५ राउण्ड गोली लोड भएको मेडेन इन कानपुर (made in Kanpur) लेखेको रिभल्भर नाल १ र १ थान गोलीको खोका समेत फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहे जिल्ला प्रहरी कार्यालयले जानकारी दिइएको छ ।
साथै निजहरुको साथ बाट फेनरामाइन इन्जेक्सन थान-३,प्लाष्टिक सहित प्याक गरिएको सिरिन्ज थान-२,एम्पुलेक्स पत्ता थान-१,नाम नखुलेको अन्य औषधीको खाली पत्ताहरु समेत बरामद गरिएको हाे ।