रौतहटको यमुनामाई गाउपालिका २ भेडियाही लमहा नदीमा शुक्रवार एक महिलाको शव फेला परेको छ ।नदीको बीच भागमा महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरुण सिंहले जानकारी दिए ।मृतकको पहिचान खुल्न नसकेको र मृत्युको कारण पता लाग्न नसकेको उनले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाबारे अनुसन्धान भइरहेको डिएसपी सिंहले जानकारी दिए ।घटनाको पूर्ण विवरण आउन अझै एकघण्टा बढी लाग्ने डिएसपी सिंहले जानकारी दिए ।
यो पनि पढ्नुहोस -गाडीमा छुटेको ३ लाख ५० हजार प्रहरी मार्फत धनीलाई बुझाइयो! असल मान्छेलाई सम्मान स्वरुप सेयर गरौं,काठमाडौँस्थित यात्रुवाहक बसेमा छुटेको रु तीन लाख ५० हजार रकम आज प्रहरीले खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको छ। आज बिहान ७ः३० बजेको समयमा सिन्धुपाल्चोक बाह्रविसे घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने दासाङ शेर्पा जोरपाटी चोकबाट नारायणटारसम्म जाने क्रममा नम्बर नखुलेको यात्रुवाहक बसमा उक्त रकम छुटेको थियो ।
त्यसपछि शेर्पाले दिएको सूचनाका आधारमा प्रहरीले खोजी गर्दा उक्त रकम फेला पारी धनीलाई फिर्ता दिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।महानगरीय प्रहरी वृत्त बौद्धबाट तत्कालै मातहत एकाइका प्रहरीलाई सूचना प्रवाह गराई उक्त रुटमा चल्ने सम्पूर्ण बसमा जाँच गरिएको थियो ।