चैत, बुटवल -रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।दुर्घटनामा मोटरसाइकलका चालक सैनामैना नगरपालिका-३ का ३० वर्षीय कृष्णचन्द्र खनालको उपचारका क्रममा मृत्यु भएको हो ।भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु२२प ६९२५ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो तिलोत्तमा नगरपालिका-४ ड्राइभरटोलमा अनियन्त्रित भएर पल्टिँदा खनाल गम्भीर घाइते भएका थिए ।खनालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए ।
यो पनि पढ्नुहोस -मोरङको उर्लाबारीमा पिकअप भेनको ठक्करबाट बिहीबार राति एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–४ आइतबारेमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ च ६३९९ नम्बरको पिकअपले को ३२ प ६९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाका अनुसार राति ८ः४० बजेतिर दुर्घटनामा परेर मोटरसाइकल चालक झापाको दमक नगरपालिका–३ का अन्दाजी २८ वर्षीय राजन घिमालको मृत्यु भएको हो ।
दुर्घटनामा परेर शरीरका विभिन्न भागमा चोट लागेका धिमालको उपचारका क्रममा उर्लाबारीस्थित अरनिको अस्पतालमा राति ९ः२५ बजेतिर मृत्यु भएको एसपी खतिवडाले बताए । प्रहरीले पिकअप भेन र चालक उर्लाबारी–४ का २१ वर्षीय दीपेन्द्र बोहोरालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।गलत लेनमा चलाएको मोटरसाइकलका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।