आज एकाबिहानै कास्की जिल्लाको मर्दीखोलामा कार खसेर दुर्घटनाग्रस्त हुँदा चार जना घाइते भएका छन्।कास्कीको माछापुच्छ्रे गाउँपालिका –४,लाहाचोकबाट पोखरा आउँदै गरेको ग ३ च ७५८७ नं को कार आज विहान अन्दाजी ७ः४५ मर्दी खोलामा खस्दा चार जना घाइते भएका हुन् ।सो दुर्घटनामा परेर लाहाचोक बस्ने वर्ष ७० का भोजबहादुर श्रेष्ठ, वर्ष ६३ का भीमबहादुर श्रेष्ठ, २९ वर्षीया रमा श्रेष्ठ र २७ वर्षीया पार्वती श्रेष्ठ घाईते भएका छन्। घाइते चारै जनाको अहिले पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।कार अनियन्त्रित भई सडकबाट करिब ७० फिट तल मर्दीखोलामा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यो पनि पढ्नुहोस -प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई बिमान भित्रै रिपोर्टिङ गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोली औपचारिक भ्रमण पुरा गरी स्वदेश फर्कने क्रममा विमानबाटै रिपोर्टिङ गरेको विषयमा प्रेस काउन्सिलले धमलासँग स्पष्टीकरण मागेको हो। प्राइम टाइम टेलिभिजनका सञ्चालक समेत रहेका पत्रकार धमलाले बिमान भित्रै रिपोर्टिङ गरेका भन्दै आलोचना भइरहेका बेला काउन्सिलले धमलाको रिर्पोटिङमा ध्यानाकर्षण भएको भन्दै २४ घण्टाभित्र जवाफ मागेको छ।
काउन्सिलले धमलालाई सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गरी बलजफ्ती निशेष गरिएको क्षेत्रमा प्रवेश गरी दृश्यसहित किन प्रत्यक्ष प्रसारण गर्नुपरेको होरु पत्रकारिता क्षेत्रको मर्यादा विश्वसनियता समेत नकरात्मक असर पार्ने कार्य के कसरी हुन गएको होरु पटक पटक किन गैर पेशागत कार्य भएको होरु २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न धमलालाई सूचित गरेको छ। स्पष्टीकरणमा पत्रमा पत्रकार धमलाले केही समय अघि बारको बैठक भित्रै प्रवेश गरि रिपोर्टिङ गरेको घटनालाई पनि नोटिस गरेको उल्लेख गरिएको छ।