बैतडीको शिवनाथ गाउँपालिकाका कर्मचारी टंक पन्तलाई प्रहरीले पक्राउ गरेको छ। गाउँपालिकाको म१ज २७२ नम्बरको जीप दुर्घटनाग्रस्त भै एक यात्री घाइते भए पछि कर्मचारी पन्तलाई प्रहरीले पक्राउ गरेको हो।कर्मचारी टंक पन्तले चलाएको गाउपालिकाको जिप दुर्घटनाग्रस्त भएर शिवनाथ-१ की ६५ वर्षीया गोबडीदेवी साउँद घाइते भएकी छिन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।प्रहरीका अनुसार, जीप दुर्घटना भए पछि प्रहरीले चालक वीरेन्द्र महतालाई पक्राउ गरेको थियो। चालक महताले शुरुमा उक्त दुर्घटनाग्रस्त जीप आफैले चलाएको बताएका थिए। तर पछि मादक पदार्थ सेवन गरेका कर्मचारी पन्तले जबरजस्ती जीप चलाउँदा दुर्घटना भएको बताएका प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक वोधराज ओझाले चालक महताले सुल्लेखाल प्रहरी चौकीमा गाउँपालिकाका कर्मचारी पन्तले मापसे गरी जबरजस्ती जीप चलाएको भन्दै बिहीबार राति निवेदन दिएको बताए। बिहीबार दुर्घटनापश्चात सोधपुछ गर्दा आफूले नै जीप चलाएको बताएका उनले पछि पन्तले चलाएको भन्दै निवेदन दिएको प्रवक्ता ओझाले बताए।प्रवक्ता ओझाले पन्त अहिले नियन्त्रणमा रहेका र उनले मापसे गरेको मेडिकल रिपोट बनेको जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताएका छन्।