काठमाडौं । ए मेरो हजुर ४ का निर्माता सुनिल कुमार थापाले उक्त चलचित्रबाट गायक दुर्गेश थापाको सिन काट्ने निर्णय नभएको बताएका छन् ।पल शाह प्रकरणका कारण दुर्गेशको सिन का´टि´एको भनेर आएका समाचार उनले ख`ण्ड`न गरे ।नेपाल प्रेससँग कुरा गर्दै थापाले भने, ‘खोइ कसरी समाचार लेखिएका हुन् थाहा भएन । सिन का´ट्ने निर्णय भएको छैन ।’उक्त चलचित्रमा दुर्गेशको गीत हटाएर जी बबको थपिएको चर्चा पनि अस`त्य भएको उनले बताए । थापाका अनुसार फिल्ममा दुर्गेशको करिब डेढ मिनेटको केमियो भूमिका मात्रै थियो ।‘दुर्गेशले ए मेरो हजुर ४ मा कुनै गीत गाएका थिएनन् । खाली एउटा छोटो सिनमा अभिनय गरेका थिए, जसमा उनी गायककै रूपमा देखिएका छन् । अब चलचित्रको प्रिमियममा कस्तो प्रतिक्रि`या आउँछ, सिचुयसन कस्तो हुन्छ भन्ने हेरेर मात्रै उनको सिन राख्ने नराख्ने निर्णयमा पुग्छौँ,’ उनले भने ।
दुर्गेश भन्छन् : मेरो फिल्म का`टेर फिल्म चल्छ भने चलोस्
यता गायक दुर्गेश भने फिल्ममा आफ्नो सिन काटिएको/नका`टिएको बारे अन्यो`लमा देखिए । उनले आफूले पनि विभिन्न मिडियामा यो खबर पढेको बताए ।‘मलाई निर्माण पक्षबाट कुनै जानकारी आएको छैन । यदि मिडियामा आएका कुरा सत्य हुन् भने पनि त्यसमा मेरो कुनै आपत्ति हुँदैन । आखिर सबैले बलेको आगो नै ताप्ने हुन् । मेरो सिन का`टेर फिल्म चल्छ भने त्यसमा म खुसी नै हुन्छु,’ दुर्गेशले भने ।