इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बिहान मर्निङ वाकमा निस्केका उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो ।बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उनलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो ।उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्ग बहादुर थापाले बताए।घरबाट करिब दुई सय मिटर टाढा उनलाई हात्तीले आक्रमण गरेको हो ।
यो पनि पढ्नुहोस -नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) केन्द्रले गठबन्धन गर्ने सहमति जनाए पनि नवलपरासीका सत्ता रहेका दलहरूका बीच अझैसम्म स्पष्ट खाका आएको छैन । गठबन्धनभित्रका दलहरू आआफ्नै तालमा रहेका छन् । उनीहरूले गठबन्धन गर्ने कि एक्ला एक्लै प्रतिस्पर्धा गर्ने भन्ने निर्णय अझैसम्म लिन सकेका छैनन् ।गठबन्धन जिल्ला स्तरको बैठकले पालिका स्तरबाट आआफ्नो रिपोर्ट तयार पार्ने अनि २४ गतेसम्म बुझाउन निर्देशन दिए पनि अझैसम्म कुनै सुरसार नभएको नेपाली काँग्रेस जिल्ला सभापति अर्जुन पोखरेलले बताए । उनले भने, ‘नेपाली काँग्रेसभित्र पनि एक्ला एक्लै जाने कि भन्ने विषयमा केही साथीहरूको मत आएको छ । अझै अन्तिम निर्णय भएको छैन ।
नेपाली काँग्रेसले विगतमा पनि धेरै ठाउँमा जितेको र अहिले पनि जनाधार बलियो भएकोले धेरैमा एक्लै जाने मनसाय देखाएको छ । जिल्ला स्तरको संयन्त्र बनाए पनि पालिकाहरू सबै ठाउँमा सहकार्य नगरी आआफ्ना ढंगले गर्ने अवस्था देखिन्छ ।नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज बृहस्पति अधिकारीले नेपाली काँग्रेसले खासै चासो नदेखाएकोले गठबन्धन तीव्र रूपमा अगाडि नबढेको रातोपाटीलाई बताए । उनले भने, ‘काँग्रेस कमजोर भएको ठाउँमा हामीसँग सहकार्य गर्न खोजेका छन् । जिल्लाभर सबै सहकार्य गर्नको लागि इच्छुक देखिएको छैन ।’
नेपाली काँग्रेसले विगतमा पनि धेरै ठाउँमा जितेको र अहिले पनि जनाधार बलियो भएकोले धेरैमा एक्लै जाने मनसाय देखाएको छ । जिल्ला स्तरको संयन्त्र बनाए पनि पालिकाहरू सबै ठाउँमा सहकार्य नगरी आआफ्ना ढंगले गर्ने अवस्था देखिन्छ । नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज बृहस्पति अधिकारीले नेपाली काँग्रेसले खासै चासो नदेखाएकोले गठबन्धन तीव्र रूपमा अगाडि नबढेको रातोपाटीलाई बताए । उनले भने, ‘काँग्रेस कमजोर भएको ठाउँमा हामीसँग सहकार्य गर्न खोजेका छन् । जिल्लाभर सबै सहकार्य गर्नको लागि इच्छुक देखिएको छैन ।’
सत्तामा रहेको गठबन्धन दलहरू अन्योल रहँदै गर्दा प्रतिपक्ष एमाले चाहिँ गठबन्धन भन्दा बाहिर रहेका साना दलहरूसँग सहकार्य गरेर चुनावमा जाने रणनीति बनाएको छ । त्यसको लागि पटक पटक जिल्ला बैठक बसेको छ ।७ वटा स्थानीय तह रहेको नवलपरासी जिल्लामा धेरै स्थानमा नेपाली काँग्रेसले जितेको थियो । रामग्राम नगरपालिका, सुनवल नगरपालिकामा नेपाली काँग्रेस जितेको थियो । बर्दघाट नगरपालिका भने एमालेले जितेको थियो ।’