बुटवल –
निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको मिति तोकिसकेको छ। लुम्बिनीमा गठबन्धन दलहरुततछहिसका उम्मेदवार आकांक्षाी धेरै हुँदा भागबण्डा गर्न निकै सकस परेकाे छ । राष्ट्रिय राजनीतिमा चामत्कारिक परिवर्तन आएन भने निर्धारित मितिमा नै चुनाव हुने पक्कापक्की छ दलहरूमा जोडघटाउ सुरु भएको छ ।
निर्वाचनको मिति घोषणा भएसँगै मुख्य पद मेयरका लागि उम्मेदवारका आकांक्षीहरुले आन्तरिक रूपमा आ-आफ्ना पाटि सगँ लबिङ शुरु गरिरहेका छन्। नेपालकाे राजनिती परिवेशमा ठुलाे दल मानिने नेकपा एमाले हाे तर अहिले संयुक्त पाचँदलिय गठबन्धनले फरक राैनक छाएकाे छ एमालेमा भने नैरस्यता ल्याएका छ । सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र , एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाबीचकाे गठबन्धनले
एमालेलाई चुनावि मैदानमा उत्रिन निकै चुनाैतिकाे बिषय बनेकाे छ।
यतिबेला राजनीतिक दलहरू स्थानीय तहको निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त छन्। सबैजसो दलका केन्द्रीय स्तरका नेतादेखि प्रदेश र जिल्ला तहका नेताहरू अहिले गाउँमा केन्द्रित भएका छन्। चुनाव जित्ने रणनीति अन्तर्गत आ–आफ्नो पार्टीले गरेका कामहरूको मुखपत्र बनाई प्रचारप्रसार गरी मतदातालाई आकर्षित गर्ने काममा नेता र कार्यकर्ता हरुकाे दाैडधुप चलिरहेकाे छ। साथै, चुनाव नजिकिएसँगै स्थानीय तहमा आफ्ना उम्मेदवार छनोटको प्रक्रियालाई पनि महत्त्वका साथ अगाडि बढाएका छन्।
लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिकामा आफ्नो बहुमत कसरी जमाउने भन्ने बिषयमा सबै दल लागिपरेका छन् । २०७४ सालको निर्वाचनमा एमालेले ३ उपमहानगरपालिकामा जितेकाे थियो भने राप्रपाले एउटा उपमहानगरपालिकामा जितेकाे थियो । ती दुई दललाई आफ्नो वर्चस्व कायम राख्न निकै चुनौती काे बिषय बनेकाे छ बिशेषत एमालकाे आधार क्षेत्र भत्काएर आफ्नाे किल्ला जमाउने गरि कस्सिएका छन् अन्य दलहरु।
यस्ताे थियाे लुम्बिनीमा २०७४ काे मत परिणाम;
लुम्बिनी प्रदेशमा कुल १०९ स्थानीय तह छन् । जसमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका छन् । जसमध्ये २०७४ सालको निर्वाचनमा नेकपा एमाले ३ उपमहानगरपालिका सहित ४३ स्थानीय तहमा एक्लै जित्न सफल हुँदै पहिलो पार्टी बनेको थियो । त्यसैगरी, नेपाली कांग्रेसले ३३ स्थानमा माओवादी केन्द्रले १९ स्थानमा संघीय समाजवादी फोरमले ६, राष्ट्रिय जनमोर्चा, मधेसी जनाअधिकार फोरम र स्वतन्त्र उम्मेदवारले २/२ र राप्रपाले १ स्थानीय तहको प्रमुख जित्न सफल भएका थिए । याे रेकर्ड हेर्दा नेकपा एमाले एक्लै पनि बलियाे र ठुलाे पाटि बनेकाे थियाे ।
२०७४ सालमा केही स्थानमा बाहेक सबै दल एकल एकल रूपमा चुनावी मैदानमा उत्रेका थिए । यस्तै, नेकपा माओवादी केन्द्रकाे आधार ईलाका रुकुम पूर्व र रोल्पामा भने बलियो देखिएको थियो । माओवादी केन्द्रले रुकुम पूर्वका ३ नै वटै तहमा जित्न सफल भएकाे थियो । संघीय समाजवादी फोरमले रुपन्देहीमा ३, कपिलवस्तुमा २ र बाँकेको १ स्थानीय तहमा जितेको थियो । राष्ट्रिय जनमोर्चाले प्युठानका २ तहमा जित्न सफल हुदै राप्रपाले बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा जित्न सफल भएकाे थियाे । बिगतकाे निर्वाचनमा एमालेकाे आधार क्षेत्र हाे लुम्बिनी प्रदेश तर पछिल्लाे समय सरकार फेरवदल सगैँ राजनितिक परिबेश परिवर्तन हुदाँ आगामी निर्वाचनमा प्रतिपक्ष दल एमालेलाई निकै चुनाैति थपिएकाे छ ।
दाङकाे घाेराही उपमहानगरपालिका ;
दाङको घोराही उपमहानरपालिकामा गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको थियो । एमालेका उम्मेदवार नरुलाल चौधरीले २२ हजार ३० मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार भुपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४८४ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका उम्मेदवार जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए ।
दाङकाे तुल्सीपुर उपमहानगरपालिका ;
त्यस्तै दाङकै तुल्सीपुर उपमहानरपालिकामा पनि नेकपा एमालेले जितेको थियो । एमालेका उम्मेदवार घनश्याम पाण्डेले २२ हजार ८५७ मत ल्याएर जितेका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १८ हजार ९०३ मत ल्याएका थिए भने माओवादी केन्द्रका उम्मेदवार शेषुराम भण्डारीले ८ हजार ६९५ मत ल्याएका थिए ।
बाँकेकाे नेपालगञ्ज उपमहानरपालिका ;
त्यस्तै बाँकेको नेपालगञ्ज उपमहानरपालिकामा पनि गत निर्वाचनमा राप्रपाका धवल शम्शेर राणाले १२ हजार ५१५ प्राप्त गरी विजयी भएका थिए । निकटतम प्रतिस्पर्धी काँग्रेसका सुरेश कुमार कनौडियाले ८ हजार ७३० मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका उम्मेदवार दामोदर आचार्यले ७ हजार १९८ मत ल्याएका थिए । एमाले उम्मेदवार समसुद्दिन सिद्दीकीले ६ हजार ९५ मत ल्याएका थिए ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका ; समग्र देशकै तुलनामा एमालेकाे आधार क्षेत्र रुपन्देहीकाे बुटवल उपमहानरपालिकामा पनि एमालेका शिवराज सुवेदी विजयी भएका थिए । सुवेदीले २३ हजार २४९ मत ल्याएका थिए भने नेपाली कांग्रेस र माओवादीका संयुक्त उम्मेदवार खेलराज पाण्डेले २० हजार ८५१ मत ल्याएका थिए । भने जनमुक्ति पार्टीले पनि एक हजार १५१ मत ल्याएको थियो ।
२०७४ काे मत परिणाम हेर्ने हो भने लुम्बिनी प्रदेशमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको मतले मात्रै पनि एमालेलाई ठुलाे धक्का लाग्ने आकलन गर्न सकिन्छ । तत्काल एमाले र राप्रपाबीच गठबन्धन भएको अबस्थामा भए पनि सत्तारुढ दल काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाबीच गठबन्धनले र एमाले विभाजनबाट बनेको एकीकृत समाजवादीले एमालेका धेरै भाेट कटाउने देखिन्छ यस अर्थमा एमालेलाई बिरासत जाेगाउन निकै मुस्किल परेकाे छ । यद्यपि मतदाताहरुले पनि गठबन्धनमै मत हाल्छन् की हाल्दैनन् भन्ने बिषयमा भने मत परिणामकाे नतिजा कुर्नैपर्ला ।
तर अहिलेकाे निर्वाचनमा पहिले एमालेले जितेका उपमहानगरपालिकामा भने सत्ता गठबन्धनले ठूलो धक्का दिने देखिन्छ। उपमहानगरपालिका हरुमा एमालेकाे आधार क्षेत्र भए पनि काँग्रेस र माओवादीले प्राप्त गरेको मत जोड्दा नेकपा एमालेलाई ठुलाे झड्का लाग्ने र सहजै पराजित हुने देखिन्छ । यसमा एमाले बाट बिभाजित नेकपा एकीकृत समाजवादीको मत जोड्दा मतान्तरमा धेरै फरक हुने देखिन्छ ।