काठमाडौ ,
गुल्मीको मालिका गाउपालिका – काठमाडौ सम्पर्क समिति बाम लोकतान्त्रीक गठबन्धनको आयोजनामा चुनाव विशेष भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको सभाध्यक्ष नेपाली काँग्रेस गुल्मी मालिका गाउपालिका काठमाडौ सम्पर्क समितिका सभापति सुर्यनारायण अर्यालले गर्नुभएको थियो ।
बैशाक ३० गते हुन गइरहेको स्थानिय चुनावलाई मध्यनजर गरि चुनावी छलफल तथा भेटघाट कार्यक्रम काठमाडौको बागबजारमा रहेको होटल हार्दिकमा भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी गुल्मी काठमाडौ सम्पर्क समितिका अध्यक्ष ज्ञान बहादुर कार्कि विशेष अतिथि नेकपा माओबादी केन्द्रका मालिका गाउपालिका अध्यक्ष देविराम अर्याल अमृत र नेपाली काँग्रेस मालिका गाउपालिका का सभापति उपेन्द्र अर्यालअतिथीहरु
मालिका गाउपालिका वडा नम्बर ५ गठवन्धन बाट अध्यक्ष पदका उम्मेद्वार काँग्रेस नेता रेखा कुमार जिसी माओबादी केन्द्र गुल्मी काठमाडौ सम्पर्क समितिका अध्यक्ष सन्दिप भट्टराई , बुद्धिजिवी दुर्गा प्रसाद अर्याल लगायत रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन नेपाल कम्निष्ट पाटी माओबादी केन्द्रका गुल्मी काठमाडौ सम्पर्क समिति क्षेत्रिय उपाध्यक्ष कमल राज पुरीले गर्नुभएको थियो ।