कावासोती – कावासोती नगरपालिका वडा न १ का वडाध्यक्ष नारायण प्रसाद पन्तले वडाध्यक्ष पदबाट राजिनामा दिएका छन।कावासोती नगरपालिकालाइ संबोधन गर्दै आफुले बिशेश कारणले राजिनामा दिन लागेको र वडाको कार्यवाहक अध्यक्षको रुपमा वडा सदस्य मान बहादुर ठाडालाई जिम्मेवारि दिएको जानकारी दिएको छ्न ।उनले पाच बर्षे कार्यकालमा सहयोग गर्ने कावासोती १ बासी,नगरपालिका तथा कर्मचारी हरुलाइ धन्यवाद समेत ज्ञापन गरेका छन।निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा फेरि उमेदवार बन्न चाहानेले राजिनामा गर्नु पर्ने आचार समिता लागू गर्ने जनाएपछी फेरि वडाध्यक्षको उमेदवार बन्ने उद्देश्यले पन्तले राजिनामा दिएका हुन।पन्थ २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काङ्ग्रेस बाट निर्वाचित भएका थिए।
यो पनि पढ्नुहोस -स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि खुलाइएको अनलाइन आवेदन भर्ने सेवाग्राहीको कार्यालयमा उपस्थित हुने मिति नै दुई वर्षसम्म पछिको छ । तर यातायात कार्यालयहरूले त्यस्ता सबै आवेदकहरूलाई फास्ट ट्रयाकमा यही वैशाखभित्र अगाडि बढाउन थालेका छन् ।त्यसका लागि विभिन्न कार्यालयहरूले बायोमेट्रिक दर्ता गर्न आउन भन्दै छुट्टा छुट्टै सूचना समेत प्रकाशन गर्न थालेका छन् । यस्तोमा ठूलो भर्याङ यातायात व्यवस्था कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै २०८१ असार मसान्तमा अफिस भिजिट रहेका सेवाग्राहीलाई यही वैशाखभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
पुराना सबै आवेदनको प्रक्रिया अगाडि बढाउन कार्यालय बिहान ७ बजेदेखि नै खोल्न थालिएको छ । यसरी यही वैशाख २५ गतेभित्र २०७८ फागुन महिनासम्म अनलाइन फाराम भरेका सम्पूर्ण सेवाग्राहीको बायोमेट्रिक दर्ता सम्पन्न भइसक्ने यातायात व्यवस्था कार्यालय ठूलो भर्याङ्गले जनाएको छ ।त्यस्तै अफिस भिजिट मिति छुटफुट भएका सेवाग्राहीहरूका बायोमेट्रिक दर्ताका लागि समेत विशेष व्यवस्था मिलाइएको छ । त्यसका लागि आइतबारदेखि बुधबारको बीचमा कार्यालयमा सम्पर्क गर्नुपर्ने कार्यालय प्रमुख सञ्जय थापाले बताए ।दिउँसोको समयमा लोड धेरै हुने भएकाले सर्भरमा दबाब पर्ने र काम कारबाही ढिलो हुने भएकाले कार्यालय समय बिहानैदेखि सुरु गरिएको हो । पुराना सबै आवेदनको प्रक्रिया यही वैशाखभित्र सम्पन्न गरी जेठ १ देखि लाइसेन्सका लागि नयाँ आवेदन खुलाउने यातायात व्यवस्था विभागको तयारी छ ।