नवलपुर – नवलपुरको बौदिकाली गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ ।बौंदीकाली गाउँपालिका वडा नं. २ को डेढगाउँको केरमटारमा एक वृद्ध पुरुषको शव फेला परेको स्थानीय उज्जवल ओझाले बताए ।स्थानीयले केरमटारस्थित एक बाँसको झ्याङमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।शुक्रबार बिहान शव देखिएको खबरपछि पुगेको प्रहरीले अनुसन्धान सुरु गरेको छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यो पनि पह्नुहोस -माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट सुरु हुने एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो ।यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरिएको छ ।बोर्डका अनुसार यस वर्षको एसईईमा ५ लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी हुँदैछन् । एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।एसइईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी हुने भएका छन् ।