बुटवल । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै छ । चुनावको रौनकले अहिले गाउँ तथा शहरको माहोल खुबै तातेको छ । संघिय सरकार आएपश्चात दोस्रो पटक पाँच वर्षका लागि जनप्रतिनिधी चुनिदै छन् ।
नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारीको टुङ्गो लागेको छ । नेकपा एमालेले बुटवलको मेयरमा बाबुराम भट्टराई र उपमेयरमा साबित्रा अर्याललाई उम्मेदवार बनाउने भएको छ ।
नेकपा एमालेको पूर्वकेन्द्रीय स्वास्थ्य विभाग सदस्य रहेका भटराई प्रमुख र पार्टी केन्द्रीय सदस्य सावित्रा अर्याल उपप्रमुखमा उम्मेदवारी बन्ने भएका हुन ।
शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारीको टुङ्गो लगाएको हो ।