। स्थानीय तहको निर्वाचनको मिति नजिकिदै छ । चुनावको रौनकले अहिले गाउँ तथा शहरको माहोल खुबै तातेको छ । संघिय सरकार आएपश्चात दोस्रो पटक पाँच वर्षका लागि जनप्रतिनिधी चुनिदै छन् । नेकपा एमाले रुपन्देहीमा १६ वटै पालिकाहरुमा उम्मेदवारीको टुङ्गो लगाएको छ । उम्मेदवार बन्न लागेका उम्मेदवारहरुले आज र भोलि मनोनयन दर्ता गर्दै छन ।
नेकपा एमालेले बुटवल उप–महानगरपालिकाको प्रमुखमा बाबुराम भट्टराई र उपप्रमुखमा सावित्रा अर्याललाई सिफारिस गरेको छ । यस्तै देवदह नगरपालिकाको प्रमुखमा ध्रुवप्रसाद खरेल उपप्रमुखमा बिद्यालक्ष्मी गुरुङ्गले उम्मेदवारी दिदै छन ।
नेकपा एमालेबाट तिलोत्तमा नगरपालिकाको प्रमुखमा मोहन चापागाईले उम्मेदवारी दिने भएका हुन उस्तै उपप्रमुखमा जागेश्वरीदेवी चौधरी दोहोरिने भएकी छन । सैनामैना नगरपालिकाको प्रमुखमा पुन: चित्रवहादुर कार्की उम्मेदवार बन्न लागेका छन यस्तै उपप्रमुखमा विना रानाको उम्मेदवारी रहने छ ।
नेकपा एमालेबाट सिद्धार्थनगर नगरपालिकाको मेयरमा डा.रामप्रसाद बश्याल र उपमेयरमा उमा अधिकारी साथै लुम्बिनी साँस्कृतिक नगरपालिकाको मेयरमा रमावती यादव र उममेयरमा कल्पना हरिजन भिड्दै छन ।
रुपन्देहीका अन्य गाउँपालिकाहरु अन्तर्गत ओमसतिया गाउँपालिकाको अध्यक्षमा मन्जितकुमार यादव र उपाध्यक्षमा निर्मलाकुमारी निषाद उठ्न लागेका छन । रोहिणी गाउँपालिकाको अध्यक्षमा पुनः सनोजकुमार यादव र उपाध्यक्षमा बसन्ती पाण्डे उम्मेदवार बन्न लागेका छन ।
नेकपा एमालेले मायादेवी गाउँपालिकाको प्रमुखमा लाला लोध र उपप्रमुखमा सन्नु चाईको नाम सिफारिस गरेको छ । यस्तै मर्चवारी गाउँपालिकाको प्रमुखमा कमलेस यादव, उपाध्यक्ष बिन्द्रावती गौड, यस्तै सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा मुस्लिम खान र उपाध्यक्षमा पिंकला लोध सँगै कोटहीमाई गाउँपालिकाको अध्यक्षमा श्यामसुन्दर यादव र उपाध्यक्षमा मायाँ साहनी उम्मेदवारीको तयारीमा छन ।
रुपन्देहीकै गैडहवा गाउँपालिकाको अध्यक्ष पशुपति यादव र उपाध्यक्षमा मन्जु रिजाल यस्तै कञ्चन गाउँपालिकाको अध्यक्ष गोकर्णवहादुर क्षेत्री र उपाध्यक्षमा गोमा तरामु उम्मेदवारीको लागि सिफारिस भएका छन । शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकाका वर्तमान अध्यक्ष र उपाध्यक्ष नै उम्मेदवार बन्न लागेका छन । शुद्धोधनको अध्यक्षमा किशुनचन्द्र चौधरी र उपाध्यक्षमा शान्तादेवी ज्ञवाली उम्मेदवार बन्न लागेका हुन । यस्तै सियारी गाउँपालिका अध्यक्षमा अयोध्या थारु र उपाध्यक्षमा अमृता गुरुङ्ग पुनः भिड्दै छन ।