चितवन-चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ। आइतबार दिनभर दुई दलबीच भएको छलफलपछि राति अबेर तालमेल गर्ने सहमति भएको हाे ।भरतपुरकाे मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको हो । आइतबार दिनभरको प्रयास असफल भएपछि राप्रपाले भरतपुर र माडी नगरपालिकाका मेयरको उम्मेदवार घोषणा गरेको थियो।
राति केन्द्रीय तहमै सहमती भएपछि भरतपुरमा तालमेल हुने पक्का भएको हो।सहमतीअनुसार भरतपुर महानगरपालिकाको वडा नम्बर १५ र २६ मा राप्रपाले उठाउने वडाध्यक्षलाई एमालेले सहयोग गर्नेछ। वडा नम्बर ४, ११, १६, १९ र २४ मा मित्रवत प्रतिष्पर्धा गर्ने र बाँकी वडामा एमालेका उम्मेदवारलाई राप्रपाले सघाउने सहमती भएको छ।ती केही वडामा राप्रपाले सदस्य उठाउनेछ। एमालेले महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने पक्का गरिसकेको छ। राप्रपाले उपमेयरको टुंगो लगाइसकेको छैन।