काठमाडौं । नेपाली काँग्रेसको तर्फबाट मेयरमा चुनाव लड्न प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) पदबाट राजीनामा दिएका गोविन्द शाहले टिकट पाएनन् ।धनुषाको विदेह नगरपालिकाको मेयर पदमा चुनाव लड्न उनले एसएसपीबाट राजीनामा दिएका थिए । तर, नेपाली काँग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।‘स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराउँछु’ पूर्व एसएसपी शाहले भने–‘जनाधार नभएको व्यक्तिलाई टिकट दिने निर्णय भएको छ, त्यसैले मेरो जित सुनिश्चित छ ।मेयर पदमा साहसँगै योगेन्द्र यादवको नाम सिफारिस भएको थियो । काँग्रेसले योगेन्द्र यादवलाई मेयरको टिकट दिने निर्णय गरेको छ ।
एसएसपी साहले दिएको राजीनामा गत फागुन १० गते स्वीकृत भएको थियो । २०४९ चैतमा इन्स्पेक्टरबाट शाह प्रहरीमा प्रवेश गरेका थिए । २९ वर्ष सेवा अवधि पुरा गरेर उनी राजनीतिको मैदानमा गएका हुन् ।एमालेबाट काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा डंगोलले गराए उम्मेदवारी दर्ता: नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका केशव स्थापित र उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफ्नो मनोनयन दर्ता गराएका छन्।
काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार पुगेर स्थापित र डंगोलले उम्मेदवारी दिएका हुन्। २०५४ सालमा मेयर जितेका स्थापितलाई एमालेले यसपालि फेरि अघि सारेको हो। बागमती प्रदेश सांसद समेत रहेका उनी बागमती प्रदेशका पूर्व भौतिक मन्त्रीसमेत हुन्।यस्तै पूर्व मिस नेवा डंगोललाई एमालेले उपमेयर बनाएको हो।