बैशाख १४ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका १ नेटाका ३२ वर्षीय दुजमान सुनारले १० वर्ष सम्म मलेसियामा दुख गरेर कमाएको धन सम्पत्ति लगेर उनकी श्रीमती मिना विक अर्कै शीत भागेकी छन । एक महिना अघि देखी उनी सम्पर्क बिहिन भएकी हुन । सम्पर्क बिहिन भए पछि उनका श्रीमान बिदेश बाट आएर खोजी कार्य सुरु गर्दा उनी अर्कै शीत भागेको स्वयम् मिनाले फोन मार्फत उनलाई जानकारी गराईएकी थिईन ।
साढे तीन तोला सुन र झण्डै १२ लाख नगद रुपैयाँ लिएर भागेको पीडित दुजमान सुनारले बताए ।
न्यायको लागी जिल्ला प्रहरी कार्यालय गुल्मी,पौदी अमराई प्रहरी चौकी तथा बुटवलमा समेत निवेदन दिए पनि प्रहरीले खोजी कार्यमा आनाकानी गरेको पीडित परिवारको गुनासो रहेको छ ।
प्रहरीले चासो नदिएको भन्दै पीडितले सञ्चारमाध्यममा हारगुहार गर्दा उता उनकी श्रीमती मिना विकले फोन बाट धम्की दिन थालेकी छन ।
9765421100 नम्बर बाट धम्की दिने ,मलाई खोज्ने आट नगर , सक्छस भनी अगाडी आईजा भन्दै धम्की दिने गरेको पीडित सुनारले बताए । फोन गरेर धम्की दिदा समेत प्रहरीले खोजीकार्यमा ढिलासुस्ती देखाएर पिडकलाई मलजल गरेको पीडितका आफ्नता विष्णु विकले बताए ।
दुजमान सुनार विगत १० वर्ष देखि मलेशियामा रोजगारीमा भए पनि समय समयमा घर आउने र घरपरिवारमा राम्रै सम्बन्ध निभाएका थिए ।
उनका कक्षा सात र तीनमा पढ्ने दुई छोरा समेत रहेका छन ।