गायक प्रमोद खरेल सवार कार दुर्घटनामा परेको छ । काठमाडौंबाट नेपालगञ्ज हुँदै दाङको तुलसीपुरमा हुने कार्यक्रममा जाँदै गर्दा राति १ बजे कार दुर्घटनामा परेको हो । कार सडकको पर्खालमा बज्रिएको गायक खरेलले सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी दिएका छन् । कार्यक्रम आयोजकले चलाएको कार दुर्घटनापछि नजिकैको अस्पतालमा उपचार गरेको र राति ४ बजे अस्पतालबाट डिस्चार्ज भई काठमाडौं आएको गायक खरेलले जानकारी दिएका छन् ।उनले काठमाडौंमा ६ घन्टा अस्पतालमा बसेको र अहिले स्वास्थ्य अवस्था क्रमशः सामान्य हुँदै गएको बताएका छन् । गायक खरेलले अब कम्तिमा ४ दिन सबै रेकडिङ र कार्यक्रम स्थगित गरेको बताएका छन् ।
उनले आफ्नो फेसबुक मार्फत यस्तो स्टाटस लेखेर सार्बजनिक गरेका छन् -‘एउटा अर्को युद्ध जीन्दगी सँग काठमाण्डू मा रेकर्डींग सकेर हिजो सॉझ नेपालंगज Flight लिएर तुलसीपुर दाङ को हुने कार्यक्रम को लागि राती १ बजे होटल पुग्न १० मिनट मात्र अघि आयोजक ले चलाएको कार गम्भीर दुर्घटना मा पर्यो । कार रोडको पर्खालमा बज्रिएछ। अर्ध निन्द्रा मै मेरो होश त्यहि गुमेछ । दुर्घटना पश्चात कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्याएर bed मा बसॉउदा मात्र झण्डै ४५ मिनट पछि मेरो होश आएछ। त्यस पछि पनि करिब ५/७ मिनट कहॉ बाट आए कहॉ छु पत्तै पाइन। गाड़ी को Air bag र seat belt ले ज्यान जोगाएछ । सँगैका दुइ आयोजक भाइहरु रकताम्य देख्दा छन् मन झनै डरायो ।
राती ४ बजे होटल अस्पताल डिस्चार्ज भएर काठमांडू आइपुगे। काठमाण्डू मा करिब ६ घण्टा अस्पताल मा Ct scan लगायत सबै जॉच पछि bed rest मा छु। बाहिरी चोट भएपनि internal problem सबै नेगेटिभ आएको छ। बिस्तारै सामान्य हुने क्रममा छु । अब कम्ति मा ३/४ दिन सबै रेकर्डीग र अन्य कार्यक्रम स्थगित गरेको छु । आशा छ छिट्टै काममा फर्कने छु । एक हिसाब मा फेरि एक पटक भगवान ले हात थामिदिनु भएको छ । उपचार सम्लग्न Dr Ranjan , Dr srijana , sister Manju , अन्य नर्सहरु ( Manmohan cardio Teaching hospital) , दाङ hospital, कर्ण ओली , बिमल ढकाल भाइ लगायत सम्पुर्ण प्रति कृतज्ञ छु , नोगेन